Shittalpati
९ वर्षपछि पास फेल, धेरै विद्यार्थी अनुत्तीर्ण, सबै भन्दा बढी लुम्बिनीका

पाल्पा, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा सञ्चालित एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले लेटर ग्रेडिङ लागु भएको ९ वर्षपछि एसईई परीक्षा दिएका विद्यार्थीले पहिलो पटक अघोषित पास फेल उल्लेख भएको लब्धाड्ढपत्र सहितको नतिजा विहीबारसार्वजनिक गरेको हो ।

२०७२ सालयता विद्यार्थी ग्रेडअनुसारको कक्षा ११ मा विज्ञानदेखि प्राविधिक तहसम्मको विषय पढ्न पाउने व्यवस्था थियो । यो वर्ष एनजी अर्थात् (ननइलिजिबल) उल्लेख भएको लब्धाड्ढपत्र विद्यार्थीले पाएका हुन् । परीक्षामा सहभागीमध्ये ४७.८६ प्रतिशत मात्र उत्र्तिण भएका छन् । बोर्डका अनुसार परीक्षामा सहभागी ४ लाख ६४ हजार ७ सय ६५ विद्यार्थीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य भएका हुन् । उत्तीर्ण भएकामध्ये एक सय ८६ जनाले ४ जिपीए ल्याएका छन् ।नियमिततर्फ ५२ दशमलव १४ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थी भने अनुत्तीर्ण भएका छन् । जसलाई ननग्रेडिङ (एनजी) मा राखिएको छ । यो उत्र्तिण हुने विद्यार्थी भन्दा बढी हो । ननग्रेडिङ (एनजी) ल्याउने मध्ये २ विषयमा एनजी हुने विद्यार्थी संख्या १ लाख १५ हजार ८ सय ३४ छ । यिनीहरू यही साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने छन् । 

ग्रेडवृद्धि हुने विद्यार्थी भने यसै शैक्षिक सत्रमा कक्षा ११ मा पढ्न पाउनेछन् । त्यस्तै २ भन्दा बढी विषयमा ननग्रेडिङमा पर्ने १ लाख २६ हजार ४ सय ७९ विद्यार्थीले भने आउँदो वार्षिक परीक्षामा सहभागी हनुपर्नेछ ।

सबै भन्दा बढी लुम्बिनीमा अनुुत्तीर्ण
प्रदेशगत नतिजालाई विश्लेषण गर्दा सबै भन्दा बढी नन ग्रेड (अनुत्तीर्ण) हुने विद्यार्थी लुम्बिनी प्रदेशका रहेका छन् । जहाँ ८० हजार ३ सय २७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । सहभागी विद्यार्थी मध्ये ४९ हजार २ सय २४ विद्यार्थी अनुत्तीर्ण भएका हुन् ।

साउन १८ र १९ गते पुरक परीक्षा
दुई विषयमा अनुत्तीर्ण हुने विद्यार्थीले साउन १८ र १९ गते पुरक परीक्षा दिन पाउने भएका छन् । यो वर्ष १ लाख १५ हजार ८ सय ३४ जना विद्यार्थीले पुरक परीक्षा दिन पाउने छन् । एक विषयमा पुरक परीक्षा दिन पाउने विद्यार्थीको संख्या ६७ हजार ७ सय ९३ र दुई विषयको ४८ हजार ३८ जना रहेका छन् ।

२ सय २१ जनाको परिक्षा रद्द
एसईई दिएका २ सय २१ जनाको परिक्षा रद्द भएको छ । करिब ८ हजार विद्यार्थी परीक्षामा अनुपस्थित रहेको बोर्डले जनाएको छ ।

नतिजामा चित्त नबुझे निवेदन दिन सकिने

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालयले नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने व्यवस्था गरेको छ । 

पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने छ । त्यस्तै नतिजा नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्र प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय इकाइ विभागमा सोझै निवेदन दिन सकिने व्यवस्था गरेको छ । प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्थाअनुसार पहिलो पटक एसईईको नतिजा सार्वजनिक गरिएको हो । 

नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन भएको बोर्डले जनाएको छ । उक्त व्यवस्थाअनुसार विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ ।हरेक विषयमा ७५ पूर्णाड्ढको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक ल्याउनै पर्छरु। उक्त अंक अर्थात् १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी) मा पर्ने छन्रु। उनीहरूलाई बोर्डले ग्रेडसिटसमेत उपलब्ध गराउने छैन ।


 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update