Shittalpati
नेपाल मानवधिकार बर्ष पुस्तक २०२५ को अर्धवाषिक समीक्षा

पाल्पा, नेपाल मानवधिकार बर्ष पुस्तक २०२५ को अर्धवाषिक पूर्व समीक्षा गरिएको छ ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पाल्पाले ६ महिना भित्र जिल्लामा घटेका तथा हनन भएका मानवअधिकार हननका घटनाहरुको सार्वजनिक गरेको हो । 

६ महिनाको अवधिमा जिल्लामा ६ जना बालिका र ४ महिलाहरु बलात्कृत भएका इन्सेक पाल्पाले जनाएको छ । कार्यक्रममा समन्वय प्रमुख टंकनाथ खनालले अहिले संघ र प्रदेशका रकमबाट जताततै असारे विकास भईरहेको र यस्तो विकास पानीको भेलसागै बगेर जाने अवस्था रहेको उल्लेख गरे ।  उनले भने‘ जिल्लामा अधिकाशं गरेका असारे विकास गुणस्तरीय छैनन, हामीलाई अनुगमन गर्ने जिम्मेवारी मात्र दिएको छ तर दक्ष प्राविधिक कर्मचारीको दरवन्दी भए पनि व्यबस्थापन नहुँदा तेस्रो पक्षबाट अनुगमन गर्न नपाउँदा पाल्पामा गुणस्तरीय काम हुन सकेको छैन ।’

हामीले नाङ्गो आँखाले काम राम्रो भएको देखेका छैनौ, तर प्राविधिकको रिपोट विना बोल्न सक्ने अवस्था  नभएको र एउटै संस्थाले काम दिने उही संस्थाले अनुगमन गर्ने प्रक्रिया नै गलत रहेको समन्वय प्रमुख खनालले उल्लेख गरे । शहरमा सबैको आँखा पुगे पनि गाउँ–गाउँमा धेरै मानवअधिकार हनन्का घटनाहरु भएको बरिष्ठ पत्रकार मेघराज शर्माले बताए ।  उनले भने‘ अधिकाशं घटनाहरु मिलापत्रको नाममा गाउँमै दवाइन्छन् गाउँ–गाउँमा पुगेर त्यस्ता घटना संकलनमा पत्रकार र इन्सेक सक्रिय भएर लाग्नुपर्छ ।’ पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले जनताले अधिकार नपाउनु, संविधानमा भएका सेवा सुविधाहरु नपाउनु पनि मानवअधिकार हनन् भित्र पर्ने बताए ।

 कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा, कोषाध्यक्ष मुक्ति न्यौपाने, प्रेस चौतारीका केन्द्रीय सदस्य मिलन वि.क., प्रेस चौतारीका जिल्ला अध्यक्ष कृष्ण कार्की, पत्रकार महासंघका सदस्य कृषण पोखरेल लगायतले दिनहुँ बजारमा कालो बजारी हुँदा समेत सम्बन्धित निकाय मौन हुनु, चाडपर्व लक्षित बजार अनुगमन गरिनु, बजार अनुगमन गर्दा बदमासी गर्नेहरुलाई छुट दिने काम भएकोमा चिन्ता व्यक्त गरे । उनीहरुले दुधको मूूल्य अन्य जिल्लामा भन्दा  पाल्पामा महँगो भएको, नाई संघले आफुखुसी मुल्य बृद्धि गर्दै आएको समेत बताए । यस्ता गतिविधीमा समन्वय समिति, जिल्ला प्रशासन, प्रहरी लगायतले चासो दिई कारवाही गर्नुपर्नेमा पत्रकारहरुले जोड दिए । कार्यक्रम इन्सेक प्रतिनिधी यज्ञमुर्ति तिमिल्सीनाले ६ महिनाको अवधिमा पाल्पा जिल्लामा घटेका मानवअधिकार हननका घटनाहरुको अवस्थाबारे जानकारी गराएका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update