Shittalpati
पत्रकार महासंघको बुलेटिन प्रवाह सार्वजनिक

पाल्पा, नेपाल पत्रकार महासंघ पाल्पाद्धारा प्रकाशित प्रवाह बुलेटिन पत्रिका सार्वजनिक गरिएको छ । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, वरिष्ठ पत्रकार मेघराज शर्मा, पत्रकार महासंघका अध्यक्ष रेखीराम राना लगायतले पत्रिका सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख खनालले  पत्रकार महासंघ पाल्पाले समय –समयमा रचनात्मक कामहरु गर्दै आएको, सामाजिक विषयवस्तुमा खवरदारी, निगरानी गर्दै आएको बताए । प्रवाह बुलेटिनको माध्यमबाट  महासंघ तथा पत्रकारहरुका गतिविधीहरु, आमनागरिकहरुको अवस्था, पत्रकारहरु जनताको नजरमा जस्ता कुराहरु थाहा पाउन सजिलो भएको समन्वय प्रमुख खनालले उल्लेख गरे । कार्यक्रममा बरिष्ठ पत्रकार मेघराज शर्माले पत्रकार समाजको ऐना भएकाले सत्य तथ्य, वस्तुनिष्ठ भएर काम गर्नु पर्नेमा जोड दिए । २०५४ सालदेखी प्रकाशित हुँदै आएको बुलेटिनलाई वर्तमान समितिले पनि निरन्तरता दिदै पत्रकारिताको अवस्था उजागर गरेको बताए ।

अहिले पत्रकारिता जनताका समस्याप्रति भन्दा आफुखुसी पत्रकारिता मौलाउँदो रहेकामा बरिष्ठ पत्रकार शर्माले चिन्ता व्यक्त गरे । कार्यक्रममा महासंघका अध्यक्ष रेखीराम रानाले बुलेटिनमा पत्रकारहरुको वर्तमान अवस्था, जनप्रतिनिधी र कर्मचारीहरुको नजरमा पत्रकारहरु विषयमा केन्द्रीत रहेको बताए । कार्यक्रममा पत्रकारहरु मिलन विक, कृष्ण कार्की , मुक्ति न्यौपाने, भरत शर्मा कृष्ण पोखरेल लगायतले प्रवाह बुलेटिनको बारेमा चर्चा गरेका थिए । महासंघका अध्यक्ष रेखीराम रानाको अध्यक्षता, सचिव यज्ञमुर्ति तिमिल्सीनाको सञ्चालनमा कार्यक्रम भएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update