Shittalpati
एसईईमा राम्रो नतिजा आएपछि तानसेनमा खुसीयाली 

पाल्पा, जिल्लाको तानसेन नगरपालिकाका दुई विद्यालयले  २०८० को एसईईमा राम्रो नतिजा प्राप्त भएपछि  खुसीयाली मनाएका छन् । यहाँका जनता माध्यमिक विद्यालय (जेभिटी) र देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयले एसईईमा उतीर्ण विद्यार्थी, अभिावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, विद्यालयका अन्य विद्यार्थीसहित पञ्चे बाजागाजाको साथमा नाच्दै नगर परिक्रमा गरेका हुन् ।

 जनता माध्यमिक विद्यालयले ४ ९चार० जिपिए सहित ६७ जना विद्यार्थीहरु यस बर्षको एसईई नतिजामा पास भएका छन् । विद्यालयले ४ जिपिएसहित ६७ जना बालबालिकाहरुलाई उतीर्ण गराएर लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा हासिल गरेको दावी विद्यालयका प्रधानाध्यापक हरि प्रसाद घिमिरेले गरे । देववाणी माविले ५० जना भन्दा माथि  विद्यार्थी एसईईमा सहभागी गराएर ४४ जना उतीर्ण गराई जिल्लामै सामुदायिक विद्यालयमा पहिलो भएको दावी प्रधानाध्यापक कृष्ण बहादुर थापाले गरे । देववाणीले विद्यालय परिसरबाट नारायाणस्थान, भिमसेनटोल टुँडिखेल , लहरेपिपल, सिल्खानटोल, मखनटोल, शितलपाटी हुँदै असनटोलबाट विद्यालयसम्म पञ्चे बाजा गाजाका साथ नाचगान गर्दै  खुसीयाली मनाएको थियो । 

यसैगरी जेभिटीले पञ्चेबाजासहित  विद्यालयकादेखी भगवती टोल, शिवालय, माथिल्लो गैरागाउँ, भुसालडाँडा, गैरागाउँ मेहलधारा, नारायाणस्थान, भिमसेनटोल,टुँडिखेल , लहरेपिपल, सिल्खानटोल, मखनटोल, शितलपाटी हुँदै विद्यालयमा पुगी बधाई तथा शुभकामनासभामा परिणत भएको थियो । 

र्‍याली पछी आयोजित बधाई तथा शुभकामनासभामा बोल्दै  जेभिटी विद्यालय व्यबस्थापन समितिका अध्यक्ष रामजी पोखरेलले विद्यालयमा पढ्ने र पढाउने वातावरण विद्यार्थीमैत्री रहेकाले एसईईमा ४ जिपिए सहितको उत्कृष्ट नतिजा ल्याएको बताए । विगत ३ बर्षदेखी जेभिटीले एसईई तथा कक्षा १२ को नतिजामा लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा हासिल गर्दै आएको अध्यक्ष पोखरेलले बताए । कार्यक्रममा अविभावक गोपाल ढुङ्गानाले विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीको मेहनतले नै आफ्नो छोरा  उत्सव ढुङ्गानाले जेभिटीबाट ४ जिपिए ल्यान सफल भएको बताए । आफ्नो छोरा उत्सवलाई नर्सरीदेखी नै सामुदायिक विद्यालयमै पढाउँदै आएको ढुङ्गानाले बताए । कार्यक्रममा विद्यार्थी उत्सव ढुङ्गानाले गुरुहरुले राम्रोसँग सिकाएका कुराहरु घरमा गएर राम्रोसँग पढ्ने र लेख्ने र सबै विषयहरुलाई बराबर ध्यान दिएर पढेकाले ४ जिपिए ल्याउन सफल भएको बताए । विद्यालयका प्रधानाध्यापक हरि प्रसाद घिमिरेले जनता मावि जेभिटी तानसेन लुम्बिनी प्रदेशकै उत्कृष्ट विद्यालय भएको, ४ चार जिपिए अंक ल्याउन, महङ्गा महङ्गा विद्यालय नभई जनता विद्यालय नै रोज्नु पर्ने बताए । विद्यालयलका शिक्षक व्यवस्थापन समिति अविभावक सबैको एउटै लक्ष्य विधार्थी लाई गुणस्तरीय शिक्षा प्रदान गर्ने भएकोले ढुक्क भएर आफ्ना वालवालिकाहरु लाई अध्ययनको लागी पठाउन प्रधानाध्यापक घिमिरेले अनुरोध गरे ।

विद्यालय व्यबस्थापन समितिका सदस्य हरिवोल भट्टराईले विगत बर्ष देखी एसईई नतिजालेनै सबैभन्दा धेरै विद्यार्थीहरुलाई उर्तीण गराउन सफल विद्यालय बन्न सफल, धेरैको रोजाई नै  जेभिटी बनेको बताए । शिक्षक राम प्रसाद ढकालले सबैको मेहनतबाटै जिल्लामा सबैभन्दा बढी विद्यार्थीहरु एसईईमा उतिर्ण गराउन सफल भएको बताए । जेभिटीले एसइई परिक्षामा उतीर्ण भएका विधार्थीहरुलाई कक्षा ११ मा  शिक्षा, व्यवस्थापन, विज्ञान, ईन्जिनियरिङ्ग, र होटेल म्यानेजमेण्टमा  पढाई हुने  छ । होटल म्यानेजमेण्ट भने यसै बर्ष देखी सञ्चालनमा आएको विद्यालयले जनाएको छ । 


 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update