Shittalpati
गुल्मीको अर्जेमा पहिरोमा परी एकै घरका ५ जनाको मृत्यु  

गुल्मी, गुल्मीको मालिका गाउँपालिका–६ अर्जेमा पहिरोमा परी एकै घरका ५ जनाको मृत्युु भएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले घर पुरिदाँ अर्जेस्थित  कडेलपाटामा एकै घरका ५ जनाको मृत्यु भएको हो । 

स्थानीय भेषबहादुर विकको घर पहिरोले  पुरिँदा ५ जनाको मृत्यु भएको प्रहरी चौकी इस्माले जनाएको छ । विकको ढुङ्गा माटोको २ तले टिनले छाएको घरमा एक्कासी माथिबाट ढुङ्गा ,माटो सहितको पहिरो खसी घर पुरिन जाँदा घरमा रहेका भेषबहादुर सहित ५ जनाको ज्यान गएको हो । 

पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक,  बुहारी २६ वर्षीया सिता विक, नातिनिहरु ८ वर्षीया  सपना विक र ८ महिनाकी बिपना विकको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुर्यमान चौधरीले जानकारी दिए । पहिरोले घर पुरिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खब लगत्तै शनिबार विहान ईश्मा प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र स्थानीय खोजी र उद्दारमा जुटेका थिए ।  घटनाको विषयमा थप अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 

 


 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update