Shittalpati
पाल्पामा किसान महासंघले मनायो धान दिवस

 पाल्पा, नेपाल किसान महासंघ पाल्पाले असार १५ अर्थात् धान दिवस मनाएको  छ । महासंघले जिल्लाको रम्भा गाउँपालिका–१ साठी बजार, हुँगीमा रोपाइँ गरेर शनिबार २१ औं धान दिवस मनाइएको हो ।

किसानसँगै नेताहरुले खेतमा खुसीयाली साट्दै रोपाइँ गरेका थिए । धान दिवसको अवसरमा खेताला तथा सहभागीहरुलाई दही चिउरा, पुवा अचार खुवाएर अतिथी सत्कार गरिएको थियो । पञ्चेबाजासहित भएको रोपाइँ कार्यक्रमको नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले खेतमा धान रोपेर शुभारम्भ गरेका थिए । धान रोप्दै उनले रोपाइँमा जनशक्ति र यान्त्रिकीकरणबीचको समन्वयकारी भूमिकाबाट कृषि उब्जनी बढाउन सरकारले प्राथमिकता दिनुपर्ने बताए । ‘नयाँ प्रविधिको प्रयोगमा किसानलाई जोड्नुपर्छ’, उनले भने, ‘जनशक्ति घट्दा खेतीयोग्य भूमि बाँझै छन् । यन्त्रको सहयोगले बढीभन्दा बढी भूमिमा खेती गरेर उत्पादकत्व बढाउन लाग्नुपर्छ ।’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले बीउ, मल, सिँचाइ र उत्पादित कृषि उब्जनीको बजारीकरणको समस्यालाई सरकारले गम्भीर रुपमा लिनुपर्ने बताए । सभापति श्रेष्ठले राष्ट्रिय योजना बनाउँदा किसानको फोटो राखेर उनीहरुको समस्याहरुलाई प्राथमिकतामा राख्न समेत सरकारलाई आग्रह गरे । उनले भने ‘जबसम्म किसान आर्थिक रुपमा सक्षम हुँदैनन् तब सम्म देशको आर्थिक वृद्धि हुन सक्दैन ।’

2-1719664434.jpeg
 किसान महासंघका जिल्ला अध्यक्ष जगन्नाथ अर्यालले रम्भाको हुँगी धान खेतीको उर्वभूमी रहेको भन्दै सबै किसानलाई धानखेतीमा जोड्नकै लागि धान दिवसमा कार्यक्रम गरिएको बताए ।

Messenger_creation_9862eed5-6055-4633-9162-7bf1f91d3dc9-1719664475.jpeg
कार्यक्रममा नेपाली काँग्रेस पाल्पा क्षेत्र नं १ का क्षेत्रिय सभापति झमनबहादुर राज मगर, काँग्रेस रम्भा गाउँपालिकाका सभापति ऋषिराम अर्याल, काँग्रेसका वडा सभापति विष्णु पछाई, वडा अध्यक्ष ईश्वर काफ्ले लगायतले तीनै तहका सरकार किसानमैत्री बन्नुुपर्ने बताए । किसानसँगै धान रोप्न नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सदस्यहरु कृष्ण अधिकारी, विष्णु माया ढकाल, काँग्रेस जिल्ला उपसभापति झपेन्द्र गहिरे, सचिव सन्तोष थापा मगर, पार्टी प्रवक्ता शोभाखर न्यौपाने,महासमिति सदस्य राजेन्द्र गोपाल सिंह, पार्टीका सल्लाहकार खड्का कुुंवर, केशवराज शर्मा, जिल्ला सदस्यहरु विश्व अर्याल, सावित्रा गौतम, गिरीजा गैरे,  काँग्रेस क्षेत्र नं. २ का क्षेत्रयि सचिव टंकनाथ न्यौपाने, महाधिवेशन प्रतिनिधि शान्ति झेडी, नेपाल दलित संघका जिल्ला अध्यक्ष दिनेश गन्र्धव, नेपाली काँग्रेस रामपुरका नगर सभापति नेत्र भट्टराई लगायतका नेताहरु  हुँगीको साठी बजार पुगेका थिए । दिवसको औपचारिक कार्यक्रम महासंघका जिल्ला अध्यक्ष जगन्नाथ अर्यालको अध्यक्षता, उपाध्यक्ष कृष्ण अर्यालको स्वागत, सचिव कृष्ण भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो । धान रोप्ने रोपाराहरु निकै उत्साहका साथ खेतमा धान रोप्न व्यस्त थिए । उनीहरु किसान महासंघ र काँग्रेस नेताहरुसँगै धान रोप्न पाउँदा निकै खुसी देखिन्थे ।  

Messenger_creation_906ab7cc-50e5-413a-8a45-852823229d14-1719664513.jpeg

प्रकाशित मिति: शनिबार, असार १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update