Shittalpati
धान रोप्न किसान व्यस्त, जनप्रतिनिधी र कर्मचारी पनि पुगे रोपाइँमा

पाल्पा, यस बर्षको असार १५ पाल्पाका किसानहरुलाई भने जस्तै भयो । शुक्रवार रातीदेखी नै परेको पानीले असार १५ मा झम झम झरी नै लाग्यो । पाल्पाका सबैं जसो किसानहरु पानी परेसँगै फाँटहरुमा निकै व्यस्त देखिए ।

Dhan-Ropai-Photo-4-1719668262.JPG
शुक्रबारदेखी परेको अविरल बर्षासँगै किसानहरु असार १५ मा मानो रोपेर मुरी उब्जाउन खेत खेतमा काम गरिरहेका देखिन्छन् ।  कोही किसानहरु धान रोप्न व्याडमा विउ काढ्दै छन् । कोही खेतमा आली लगाउँदै छन् । कोही किसान खेतमा माटो हिलाउँदै छन् त कोही ट्याक्टर जोत्दै हिलाउँदै छन् । कोही परम्परागत रुपमा गोरुले जोत्दै हिलाउँदै छन् । कृषिमा आधुनिक प्रविधी भित्रिएसँगै धान रोप्न सहज भएको पाल्पा माडी फाँटका कृषक अग्नीराज न्यौपानेले बताए । विगतमा खेतमा काम गर्न कठिन थियो, सहज प्रविधी थिएन तर अहिले प्रविधीसँगै धान  खेतीमा सजिलो भएको माडी फाँटका कृषक न्यौपानेले बताए । कृषक न्यौपानेले ११ रोपनी खेतमा ४५ मुरी धान फलाउने गरेका छन् । किसानहरु खेतमा काम गरिरहेको समयमा पाल्पाका स्थानीय सरकारका जनप्रतिनिधि र कार्मचारीहरु पनि  खेतमा पुगेर किसानसँगै धान रोपाइँमा सहभागी भए । उनीहरु २१ औ राष्ट्रिय धान दिवस मनाउन, बाजा गाजा र नाचसहित खेतका फाँटहरुमा पुगेर धान रोपे । उनीहरुले किसानहरुलाई उत्साह जगाउन, धान खेती विस्तार गर्न किसानका वास्तविक समस्या फिल्डमै गएर जानकारी लिएका छन् । 

Dhan-Ropai-Photo-1-1719668324.JPG
किसानसँगै रमाउदै उनीहरुको समस्या गुनासाहरु सुन्न र सम्बोधन गर्न स्थानीय सरकारको रुपमा धान दिवस मनाउदै किसानको खेतमै आएको बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी दर्लामीले बताईन् ।  हामी कृषकबाट जनप्रतिनिधी भएका छौं, भोलीका दिनमा फेरी कृषक नै भएर समाजमा रहने बस्ने भएकाले स्थानीय सरकारले कृषकहरुका समस्या बुझ्ने सम्बोधन गर्ने काम  गरिरहेको अध्यक्ष चिदीले बताईन ।

Dhan-Ropai-Photo-7-1719668391.JPG
किसानकै खेतमा  पञ्चेबाजाको तालमा जनप्रतिनिधी तथा कर्मचारी, कृषकहरु नाच्दै रमाउँदै एक आपसमा हिलो छ्याप्दै रमाएका छन् । सरकारले विगत २१ बर्ष देखी  कृषकहरुको हौसल्ला बढाउन असार १५ मा राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएको छ ।  

Dhan-Ropai-Photo-1719668460.JPG
कृषकको हौसल्ला बढाउदै उनीहरुका पिरमर्कालाई सम्बोधन गर्दै, बाँझा भएका खेतहरुमा धान रोप्ने वातावरण बनाउन लागि परेको  धान दिवसमा सहभागी बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले बताए । गाउँपालिको प्रमुख आधार नै कृषि हो, कृषिको आधुनिकरण र व्यवसायिकरण विना पालिको दिगो प्रगती हुन सक्दैन । बगनासकालीको माडी फाँट, दैलातुङ्ग फाँट, दरपुक फाँट प्रमुख अन्न भण्डार क्षेत्र हुन् । 

कृषकहरुलाई चाहिने पुर्वाधार तथा यात्रिन्त्रकरणको लगि कृषकको मागको आधारमा सहयोग गर्ने पालिकाका उपाध्यक्ष हरि प्रसाद पाठकले बताए । बगनासकाली भित्र खपत हुने  र उत्पादन हुने खाद्यान्नहरुको तथ्याड्ढ लिने सोही आधारमा धानको उत्पादन बढाउने, कृषकहरुलाई पोत्साहन गर्ने, हौसल्ला बढाउने र परम्परागत रुपमा खेतीपाती गर्दै आएका कृषकहरुलाई ब्यवसायिक बनाउदै आधुनिक प्रविधीमा रुपान्तरण गर्ने गरी पालिकास्तरमा छलफल भएको बगनासकाली कृषि शाखा प्रमुख रामहरी गैरेले बताए । बगनासकालीले वडा नंं ३ को नायरनमतलेस भकारे खोलामा राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव गरेको हो । पाल्पामा हाल सम्म ९ प्रतिशत खेतमा धान रोपाई सकिएको छ । पाल्पामा ८ हजार २ सय ४० हेक्टरमा धान खेती हँुदै आएकोमा हालसम्म ७४२ हेक्टरमा मात्र रोपाइँ भएको छ । यहाँप्रति हेक्टर ३. ४५ टनको दरले २४ हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । जिल्लामा विगत ५ बर्ष देखी धान उत्पादनको दर स्थिर रहेको छ ।


 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update