राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले एक महिने देश दौडाहापछि तयार गरेको प्रतिवेदनले सत्ताका लागि मरिमेटिरहेका सोहि पार्टीका सभापति रवि लामिछानेको दाँतमा ढुङगा लागे जस्तै भएको छ । त्यो भन्दा बढी चिन्ता पाँच वर्ष नै प्रधानमन्त्रीको कुर्सीमा बस्ने उद्देश्य राखेका प्रधानमन्त्री प्रचण्ड र प्रचण्डलाई कठपुतली बनाई राज गर्ने उद्देश्य बनाएका एमाले अध्यक्ष केपि ओलीलाई पनि लागेको छ ।
कतै यहि कारण उनीहरुको उद्देश्यमा कालो बादल मडारिने हो की ? सत्ता समिकरणमा खलबल आउने हो की ? निद्रा र भोग हरायो भने महामन्त्रीको सञ्चार माध्यममा आएको प्रतिक्रियसँंगै उनीहरुको दौडधुप खुबै देखियो । उनीहरुको दौडधुप रास्वपाको चिन्ताले हैन यहि कारण कतै सत्ताबाट हात धुनु पर्ने त होइन सोहि विषयमा केन्द्रीत देखिन्थ्यो । सोहि पार्टीका सभापतिलाई नै प्रतिवेदनमा उल्लेख गरिएका कुरामा भन्दा पनि सत्ता जोगाउनमा नै बढी चिन्ता र चासो भएको अवस्थामा प्रचण्ड र ओलीको दौडधुपलाई सहजै लिनु पर्ने कुरामा दुईमत पनि नरहला । उत्ता रास्वपासँग सम्बन्धित जनमानसले भन्दै छन् प्रतिवेदनमा उल्लेख गरिएका विषय वस्तु सहि विश्लेषणमा आधारित छन् । बेलैमा प्रतिवेदन आएको छ । कार्यान्वयनमा लगेर सच्चिने की नगरेर सकिने सभापतिको हातमा छ । सच्चिने त कुरै छोडौं यर्थाथ प्रतिवेदन ल्याएका महामन्त्री माथि स्पष्टीकरण सोध्ने र लाज पचाउने दिशामा रास्वपा र उनका सभापति केन्द्रीत भएको देखिन्छ । संगत विनाको फल भने झै रास्वपाका सभापतिमा तानशाह शैली भित्रिएको देखिन्छ । यो सबै सभापति रविको सत्ता मोहका कारण सिर्जना भएको आरोप लागिरहेको देखिन्छ भने दोस्रो पटकको सत्ता मोहपछि उदाउँदै गरेको रास्वपाको यात्रा भने ओरालो लागेको देखिन्छ । यहाँ यसैसँग सम्बन्धित विविध पक्षलाई लिएर चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
के थियो त रास्वपा महामन्त्रीको प्रतिवेदनमा ?
इलामको उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको जमानत जफत हुने गरी लजास्पद मत परेपछि मिसन – ०८४ बोकेको पाटीको यात्रा र उद्देश्यमा गम्भीर प्रश्न चिन्ह सिर्जना भै सकेपछि पार्टी सभापति रवि लामिछानेकै आग्रहमा महामन्त्री मुकुल ढकाललाई जेष्ठ –६ गते समिक्षा यात्राका लागि देश दौडामा पढाईएको थियो । यथार्थ विश्लेषण गर्न सक्ने, तर्क दिन सक्ने पार्टी भित्र छाप बनाएका महामन्त्रीले करीब एक महिना लगाएर ३८ जिल्लामा पुगि सर्वसाधरण/पाटी सम्वद्ध कार्यकर्ता, नेतासँग साक्षत्कार गरी सोहि आधारमा प्रतिवेदन तयार गरिएको थियो । केहि दिन अगाडि महामन्त्रीले सभापति लामिछानेलाई प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनको पूर्ण पाठ सार्वजनिक नभएता पनि केहि पक्षहरु सञ्चार माध्यममा आईसकेको छ । सत्ता रोज्ने की मतदाता रोज्ने गम्भीर मोडमा प्रतिवेदनले रास्वपालाई पुर्याईदिएको देखिन्छ । पार्टीलाई गम्भीर रोग लागेको शल्यक्रिया नै गर्नुपर्ने, आगामी निर्वाचनमा राष्ट्रिय पार्टी नै बन्न मुस्किल पर्ने, पार्टी धेरै बोलेर बिग्रेको, पार्टी जिम्मेवार र जवाफदेहि बन्न नसकेको, प्रतिवेदनमा प्रदेश खारेज गरिनु पर्ने, सत्ता छोड्नु पर्ने, एमाले र माओवादीको सहकार्य तोड्नु पर्ने, पार्टी सहकारी काण्डमा मुछिनु, पार्टीभित्र पदको बाँडफाडको संस्कार भित्र्याउनु, पार्टी राजनीतिक र वैचारिक एजेण्डामा चुक्दै गएको, पार्टीका मन्त्रीहरुले औचित्य पुष्टि गर्नु पर्ने, पार्टीका सासदहरु जिम्मेवार नभएको, पार्टी दुर्घटना हुन् सक्ने, ओली र प्रचण्डसँग मिल्नु भन्दा काठमाडौका मेयर बालेन र धनगढीका मेयर हमालसँंग मिल्नु उपयुक्तदेखिने लगाएतका विविध विषयहरु प्रतिवेदनमा उल्लेख गरिएको देखिन्छ ।
सभापति रवि लामिछाने र रास्वपा : रास्वपा पार्टी हो की रवि लामिछाने ? जनमानसमा प्रश्न सिर्जना भएको देखिन्छ । रास्वपामा लोकतान्त्रिक अभ्यास हुन्छ की सभापतिको तानशाह प्रयोग हुन्छ जनमानसमा दुविधा सिर्जना भएको देखिन्छ । रविकै कारण पार्टी यहाँसम्म आईपुगेको र उनकै कारण विवेकशिल पार्टीको अवस्थामा नपुग्ला भन्न पनि सकिदैन् । पार्टीको सफलता र असफलताको मुख्य कारण पनि उनी नै देखिन्छन् । नयाँ र फरक विचार उद्देश्य बोकेको पार्टीको उदयलाई नरुचाएका कारण पुराना राजनीतिक दलहरुबाट पार्टी माथि विभिन्न प्रहार भैरहेको आरोप लगाई रहेका भन्ने मानस्किता बोकेका पाटी सभापति रवि लामिछानेका अगाडि आफ्नै पार्टीका महामन्त्रीले प्रतिवेदनका साथ तितो सत्य ओकेली दिए पछि सच्चिने कि सकिने अपठ्यारो मोडमा पु¥याई दिएको देखिन्छ । संगत विनाको फल भनेझै आलोचना र आरोप सहन नसक्ने ओलीको पोल्टामा पुगेका रवि लामिछाने आफु सच्चिन र पार्टी जोगाउनुको सट्टामा कमजोरी पचाउन नसकेर महामन्त्री माथि स्पष्टिकरण सोधेर कारवाहीसम्म गर्ने पक्षमा पुग्न लागेको देखिन्छ । सभापतिको यो कदमको उत्तर पाउन वि.स २०८४ को चुनावनै कुर्नु पर्ने देखिन्छ ।
रास्वपाको ओरालो यात्रा : NO not again, पुराना दल र नेताबाट देश बन्दैन्, पुरानाले देशलाई यो अवस्थामा पुर्याए अब यीनीहरुलाई दोहोर्याउनु हुँदैन् भनेर मत मागेको राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता यात्राको छोटो समयमै जनतामा निराशा थप्न र जन विश्वास गुमाउन केन्द्रीत भएको देखिन्छ भने त्यसमा तेल थप्ने काम भएको छ पाटी सभापतिकै एक पछि अर्को काण्डका घटनाहरु । सभापतिको काण्डबाट बच्नका लागि सत्ता मोह, सरकार परिवर्तन र राजनीतिक अस्थिरताका लागि भूमिका स्थापित गर्नु रहेको देखिन्छ । जसको कारण जनताबाट विश्वास र भरोसा पनि गुमाउदै गएको देखिन्छ भने सँगै सुरु भयो रास्वपाको ओरालो यात्रा । रास्वपाको ओरालो यात्राका केहि पक्षहरुमा : सभापती लामिछाने माथि लाग्ने गरेको एक पछि अर्को आरोप, आरोपको निदान गर्न नसक्नु, सत्ताको प्रयोग विभिन्न काण्डबाट बच्न र राज्य शक्तिको दुरुपयोग गर्नका लागि, जसरी पनि सरकारमा जानै पर्ने गृहमन्त्री हुनै पर्ने एक मात्रै उद्देश्य, काम भन्दा गफ बढी लाउने, पार्टीको उद्देश्य परिपूर्ती भन्दा पनि ओली प्रचण्ड उद्देश्य परिपूर्तीमा केन्द्रीत, उस्तै राजनीतिक अस्थिरता निम्त्याउन र सरकार परिवर्तनमा केन्द्री, पार्टी ऐजेण्डाबाट बिचलित, काम भन्दा पनि काण्डबाट जोगिने एक मात्र उद्देश्य आदि केहि रास्वपाको ओरालो यात्राका पक्षहरु हुन् ।
निष्कर्ष: बढ्दै गरेको आम निराशा बिचमा आशाको किरण दिन सफल भएको रास्ट्रिय स्वतन्त्र पार्टी स्थापना र उदयको छोटो समयमै तिनै आम जनतामा निराशा सिर्जना गर्न र आफुलाई अरु पुराना पार्टी जस्तै हो भन्ने कित्तामा उभ्याउन र प्रमाणित गर्न सफल भएको देखिन्छ । स्पष्ट दृस्टिकोण नभएको सभापति लामिछानेको व्यक्तिगत स्वार्थ परिपूर्तीका लागि सत्तामा जाने र गृहमन्त्री नै चाहिने मानसिकताले रास्वपाको अस्थित्व नै समाप्त हुने दिशामा हिडिरहेको अनुमान गर्न सकिन्छ । सत्ताको स्वादमा रमाइरहेका केहि पक्षले गुनगान गाइरहेता पनि पार्टीमा भित्र भित्र धमिरा लागिसकेको सजिलै अनुमान गर्न सकिन्छ । कुनदिन गर्लम्म नढल्ला भन्न पनि सकिदैन् । पाटीलाई बचाउन र जनतामा आशा सिर्जना गर्न सकिने एउटै आधार हो महामन्त्रीको प्रतिवेदन अक्षाशं पालन गर्नु । यसका लागि यस दलसँग सम्वद्ध पक्षहरुको बेलैमा सत्त बुद्धि आओस् यहि कामना गरौ ।
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)