बिमला पान्डे
खै के को वर्ष ,खै के को हर्ष,
गरिबीको दलदल ले हत्या नै गर्छ ।
उफ ! लाग्यो अब बर्खाको लर्को,
साहुको ऋणको व्याज नै चर्को ॥
चयनको निद्रा लिन पनि डर छ,
पानी ओइरिन्छ र पहिरो कताबाट झर्छ ।
परिवेश उस्तेै घरको चुहिने छानो,
श्रम नगरे पुग्दैन साँझ बिहानलाई मानो ॥
व्याथा कसलाई सुनाउँ दुःखी त छु नै,
अधुरो अबस्थाले गर्दा लेख्या रैछ रूनै ।
खबर सुन्छु, परिवार नै बने एउटै चिहान,
अतासिंदै जान्छ रात, कहिले हुन्छ सुनौलो बिहान ॥
मितेरी बन्यो समस्या, बाँधिए म यसैमा
प्रकृतिले पनि थप चुनौती दिँदै छ त्यसैमा ।
मन भारी, थकान सङ्गै टिप्छु म एकएक गाँस,
कताबाट सोर्छ र हुन्छु म छिन मै लास ॥
एउटा भको धर ढल्यो निभ्यो आशाको दियो,
बर्खा नामको विनाशले सिङ्गो परिवार नै लियो ।
भोग्नु पर्छ दुःखीलाई दुस्खले कहिले छोडे्न,
के लिएर आएछु भाग्यले पनि मेरो गति मोडे्न ॥