Shittalpati
नेप्से १४ दशमलव ८३ अंकले घट्यो

पाल्पा, साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको  छ ।  आइतबार नेप्से परिसूचक १४ दशमलव ८३ अंकले घटेरर बन्द भएको हो ।

नेप्से घटेसँगै २ हजार ३७ दशमलव ९ विन्दुमा अडिएको छ । सेन्सेटिभ इण्डेक्स ०.६७ प्रतिशतले घटेर २.४२ विन्दुमा कायम भएको छ । यसदिन ३ सय २० स्क्रिप्सको ९१ लाख ७८ हजार ८ सय ९५ कित्ता सेयर ३ अर्ब ६० करोड ७१ लाख ९८ हजार ४ सय ७ रुपैयाँमा खरिदबिक्री भए । दोहोरो अंकले ओरालो लागेको बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन ।

कारोबारमा वित्त समूह शून्य दशमलव ३४ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ०३ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ७०, विकास बैङ्क शून्य दशमलव ८०, होटल तथा पर्यटन शून्य दशमलव ४०, जलविद्युत् एक दशमलव ०६ र लगानी समूह शून्य दशमलव ६६ प्रतिशतले घटेको छ । त्यसैगरी, जीवन बीमा समूह शून्य दशमलव ४५, लघुवित्त एक दशमलव ३७, म्युचुअल फन्ड शून्य दशमलव १५, निर्जीवन बीमा शून्य दशमलव २८, व्यापार शून्य दशमलव ३१ र अन्य समूह शून्य दशमलव ९५ प्रतिशतले घटेको छ । सो अवधिमा सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य सात दशमलव ०६ र मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ७६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ३० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको  १२ करोड ८८ लाख ७४ हजार एक सय ५४ बराबरको कारोबार भएको छ । त्यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको दुई लाख २९ हजार दुई सय १० कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update