Shittalpati
मनसुनको प्रारम्भमै पहिरोको वितण्डा : ९ जनाको मृत्यु, २ जना घाइते

पाल्पा, मनसुनकै सुरुवातमा पहिरोले वितण्ड मच्याएको छ । अविरल वर्षासँगै आएको पहिरोका कारण देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा कम्तीमा ९ जनाको मृत्यु भएको छ । अरु २ जना  घाइते छन् । बर्खा सुरु हुँदै गर्दा परेको वर्षाबाट देशका अधिकांश जिल्ला प्रभावित बनेका छन् । विशेषगरी पहाडी क्षेत्रमा वर्षाले मानवीयसँगै घर, गोठसहित ठूलो मात्रामा अन्नबाली नष्ट पारेको छ भने कतिपय सडक अवरुद्ध भएका छन् भने केही बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् । शुक्रबारराती देखिको लगातारको परेको वर्षका कारण गुल्मी, स्याङ्जा र बागलङ्मा ठूलो जनधनको क्षति पुगेको छ । अविरल वर्षका कारण गएको पहिरोले ति जिल्लामा ९ जनाको ज्यान लिएको छ । यो तथ्यांक शनिबार विहानदेखि शनिबार साँझसम्मको हो । पहिरोमा परी गुल्मीमा ५ जनाको ज्यान गएको छ । त्यस्तै स्याङ्जामा २ जना र बागलुङ्मा २ जनाको मृत्यु भएको छ ।

गुल्मीमा एकै घरका ५ जनाको मृत्यु  
गुल्मीको मालिका गाउँपालिका–६ अर्जेमा पहिरोमा परी एकै घरका ५ जनाको मृत्यु भएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले घर पुरिदाँ अर्जेस्थित  कडेलपाटामा एकै घरका ५ जनाको मृत्यु भएको हो । स्थानीय भेषबहादुर विकको घर पहिरोले  पुरिँदा ५ जनाको मृत्यु भएको प्रहरी चौकी इस्माले जनाएको छ । विकको ढुङ्गा माटोको २ तले टिनले छाएको घरमा एक्कासी माथिबाट ढुङ्गा ,माटो सहितको पहिरो खसी घर पुरिन जाँदा घरमा रहेका भेषबहादुर सहित ५ जनाको ज्यान गएको हो । पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सिता विक, नातिनिहरु ८ वर्षीया  सपना विक र ८ महिनाकी बिपना विकको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुर्यमान चौधरीले जानकारी दिए । पहिरोले घर पुरिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खब लगत्तै शनिबार विहान ईश्मा प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र स्थानीय खोजी र उद्दारमा जुटेका थिए ।  

स्याङ्जामा आमा–छोरीको मृत्यु
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ । शुक्रबार राति स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बागेंमा पहिरोले घर पुरिँदा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निसिकाको मृत्यु भएको हो । जिटीको ढुँगा, माटो र टिनले छाएको एक तले घर अविरल वर्षका कारण माथिबाट आएको पहिरोले पुरिदाँ घरमा सुतिरहेका उनीहरुहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इन्द्राबहादुर रानाले जानकारी दिए ।

बामिजिटीको ढुँगा, माटो र टिनले छाएको एक तले घर अविरल वर्षका कारण माथिबाट आएको पहिरोले पुरिदाँ घरमा सुतिरहेका उनीहरुहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इन्द्राबहादुर रानाले जानकारी दिए । सोही घरका एक छोरा  भने  गाउँमा बस्न गएकाले बचेका छन् । घटनाका बेला आमा र छोरी मात्र घरमा रहेका र छोरो गाउँमा आफन्तकहाँ बास बस्न गएकाले उनको ज्यान जोगिएको प्रहरीले जनाएको छ । घटनाको जानकारी थाहा पाउन साथ प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको नेतृत्वमा गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक शालिग्राम शर्मा, जिल्ला अस्पताल स्याङ्जाको डाक्टरसहितको टोली घटनास्थल पुगेको थियो । डाक्टरले उनीहरुको चेक जाँच गरे पनि मृत्यु भइसकेको थियो । टोलीले तत्काल संघीय सरकारमार्फत मृतकको परिवारलाई राहतस्वरुप १५ हजार उपलब्ध गराएको र अन्य राहत रकम पछि दिने जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।  

बागलुङमा श्रीमान श्रीमतिको मृत्यु, बुहारी र नाति घाइते
बागलुङमा पनि पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । यहाँको गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको पहिरोमा पुरिएर मृत्यु भएको हो । पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update