मनसुन प्रारम्भ भएको छ । बंगालको खाडी तथा पश्चिमी वायु सक्रिय भएपछि नेपालमा मनसुन शुरु भएको हो । एक हप्ताअघि पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन अहिले देशभर सक्रिय भएर फैलिएको छ । मनसुनको प्रारम्भमै बाढी, पहिरो, चट्याङलगायतका विपत्मा परेर जनधनको क्षति भएका घटना सार्वजनिक भएका छन् । शनिबार मात्र गुल्मी, स्याङ्जार बागलुुङ्मा पहिरोमा परेर ९ जनाले अकालमै ज्यान गुुमाए । मानिसको ज्यान मात्र गएको छैन् घर, गोठर पशुुुचौपयामा समेत ठूलो क्षति भएको छ ।
वर्खाकै सुुरुमा यति ठूलो क्षति हुुुनुु अत्यन्त दुखको कुरा हो । मौसम विद्हरुले अघिल्ला वर्षभन्दा यो पटक अझ बढी वर्षा हुने पूर्वानुमान गरेकाले अझै बढ्ने अनुमान गर्न सकिन्छ । वर्षाका कारण हुन सक्ने क्षतिलाई कम गर्न मानिस आफैले सर्तकता अपनाउन आवश्यक छ । हुन त आकास्मिक रुपमा हुने प्राकृतिक विपत्तिलाई टारौँ भनेर टार्न सकिँदैन तर बेलैमा सावधानी अपनाइयो भने क्षति न्यूनीकरण गर्न भने अवश्य सकिन्छ । विपत् जुनसुकै बेला पनि आउनसक्छ । मौसमजन्य विपत्बाट जोगिन जोखिम क्षेत्र घोषणा गरिएका स्थानमा बसोबास गर्दै आएका स्वंयमले पनि सावधानी अपनाउन आवश्यक छ ।
सरकारले मनसुनजन्य प्रकोपबाट बच्नका लागि तत्काल पूर्व तयारी गर्नुुको साथै गाउँ–गाउँमा सचेतना पु¥याउन आवश्यक छ । यस्तो बेला जनतामा पनि ‘ए के हुन्छर’ भन्ने मनोवृत्तिले काम गरेको देखिन्छ । यस्ता खाले प्रकृतिजन्य प्रकोपबाट बच्नका लागि सरकारसँगै आम जनता समेत सचेत भएर अघि बढ्नुु पर्ने देखिन्छ । जनताले सरकारको मात्र भर परेर हुँदै । स्वंयम आफै पनि प्राकृतिक विपद्बाट हुन सक्ने क्षतिबाट सजग हुन आवश्यक छ । यसो भयो भने मात्र प्रकृतिजन्य विपद्बाट हुने क्षतिबाट जोगिन सकिन्छ ।