कृषि प्रधान देश नेपालमा बेसाहा नखेपी खान पुग्दैन अचेल । कारण, यस वर्षको असार १५ मा जमिनमा होइन फेसबुक लगायत सामाजिक सञ्जालमा रोपाइँ सकियो । साच्चै भन्नुपर्दा उत्सव मात्र भनेर पुग्दैन, महाउत्सव जसरी मनाइयो सरकारी, गैरसरकारी क्षेत्रबाट धान दिवस । फेसबुक प्रयोगकर्ताले मात्र होइन, तीन तहका सरकारले मनाएराष्ट्रिय धान दिवस । अलिकति बजेटलाई फरफारक गरे । सहरमा बसेकाले सामाजिक सञ्जालबाटै रोपाइँ कोरहर पुरा गरे । अरुको कुरा छाडौँ, गाउँका घरमा ताला झुन्डाएर सहर पसेकाहरूले समेतरोपाइँ गरे । यता वास्तविक तथ्याड्ढ भन्छ मुस्किलले ८ प्रतिशतरोपाइँ सकियो हालसम्म ।
गाउँबस्तीमा कृषियोग्य जमिन बाँझिने क्रम बढेको छ । गाउँबाट सुविधाको खोजीमा सहर पस्नेक्रम बढेको छ । पछिल्लो समयमा शिक्षा, स्वास्थ्य, खानेपानीको सुविधा गाउँमा विस्तार भए पनि गाउँका नागरिकले घर छाडेर सहर पसेका छन् । सहर पस्नुमा सुविधा मात्र होइन बाँदर,राते, मृग लगायतका जंगली जीव, जन्तुको सास्तीबाट मुक्ति अर्को कारण हो । जेनतेन खेती गर्नेलाई मलको अभावले पिरोलेको छ । अन्न, तरकारी, फलफूल उत्पादन गर्नेलाई उचित मोल अनि बजारको खाँचो छ । काम गर्ने किसान, मजदुर भन्दा विचौलिया हावी हुने वातावरण सिर्जना गरिएको छ । बाँदरर विचौलियाबाट पीडित किसानका गुनासा स्थानीय, प्रदेशर संघीय सरकारले सम्बोधन गर्न सकेका छैनन् । जमिन बाँझिने कारण यो पनि हो । माउ(नेपाल) सरकारले शिक्षितरोजगार उत्पादन गर्ने शैक्षिक नीतिमा सुधार आवश्यक ठानेको देखिएन । पञ्चायतले नैतिक शिक्षा पढाएर खेतबारी(स्वदेश ?) मारम्न लगाएजति पनि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सरकारले पहल गरेनन् । दुई लाइनको शिक्षाले पढेपछि कमाउन विदेश पस्नुपर्छ भन्ने सन्देश दिएको छ । १२ पास गरेपछि छोराछोरी नेपालमै बस्नेहरुको भन्दा विदेश पस्नेहरूको इज्जत बढे झै भएको छ सामाजिक परिवेश हेर्दा । पढेर हिलो कुच्नु हुन्न, गाई भैसी बाख्रा पाल्नु हुन्न भन्ने बुझाइ छ नेपाली समाजमा । अझ बढी नयाँ पुस्तामा । खै त नयाँ पुस्तालाई कृषितर्फ आकर्षित गर्ने खालको शैक्षिक नीति ल्याउन सकेको ? कि आवश्यक नदेखेको ? तसर्थ पनि जमिन बाँझिने क्रम बढेको छ । बल्लतल्ल गाउँमा बसेकाहरूको तबारीमा बाँदर, मृग,राते, दुम्सी लगायत जंगली जीवजन्तु, जनावरले उपद्रो गर्न थालेपछि खेती गर्नेहरू मध्ये कतिको च्याँठ मरेको छ । जसोतसो उब्जायो लगानी पनि उठ्दैन । विचौलियाले ५ रुपैयाँमा खरिदेको सामान उपभोक्ताको भान्सामा पुग्दा २० रुपैयाँ पर्दछ । बजारभाउ नियन्त्रण, नियमन झारा टार्नेगरी वर्षमा एकाध पटक हुन्छ ।
कृषिप्रधान देशमा छिमेकी भारत, चीनका कृषि उत्पादनले वजार ओगट्दा नेपाली किसानको मन रुन्छ । त्यो पीडा खै कुन सरकारले वा नेताले बुझ्छ ? सिचाइ, मल, उपयुक्त मूल्यर बजार सुनिश्तिता भएमा पक्कै नेपाली किसान जमिनतर्फ आकर्षित हुने थिए ? यो पनि कल्पना मै सीमित हुने भयो । चर्का भाषण गरेर, अनेकन दिवस मनाएर कृषि क्षेत्रको प्रगति हुने भए हामीले बेसाहा खानुपर्ने थिएन । ६५ वर्ष पहिले भारतलाई धान बिक्री गर्ने नेपालले अचेल मकै, कोदो, खुर्सानीलगायतका उपभोग्य जिनिससमेत विदेशबाट ल्याउँदा हामी लज्जित हुन सकेका छैनौँ । जमिन बाझैराखेर फेसबुकमा कृषि कर्म गर्ने, संस्कारर संस्कृतिसमेत सामाजिक सञ्जालका माध्यमबाट जोगाएको भनेर गर्व गर्ने हामी नेपाली कसरी आत्मनिर्भर बनौँला ? सोचौँ, फेसुबक होइन खेतबारी खनौँ, खेती गरौँ । अन्यथा आसन्न खाद्य शंकटबाट कसरी जोगिने ? समय मै सचेत बनौँ ।
–(स्वतन्त्र पत्रकार)