Shittalpati
बुटवलमा दुध उत्पादन वृद्धि गर्न किसानलाई पाडी 

बुटवल, बुटवलमा दूध उत्पादन वृद्धि गर्न किसानलाई पाडी वितरण गरिएको छ । बुटवल उपमहानगरपालिकाले पशुपालक किसानलाई पाडी वितरण गरेको हो ।

उपमहानगरपालिकाले दुध प्रवद्र्धन कार्यक्रम अन्र्तगत किसानलाई भैसीका पाडी वितरण गरिएको जनाएको छ । उसले आइतबार एक औपचारिक कार्यक्रमकाबिच ५० प्रतिशत अनुदानमा वडा नं. १२, १५ र १६ मा ३३ वटा पाडी वितरण गरेको हो । नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई दुध उत्पादनमा सबल बनाउनका लागि भैसीका पाडी वितरण गरिएको बताए । वितरण गरिएका पाडीहरुको बीमा गरी किसानलाई उपलब्ध गराइएको पाण्डेयको भनाई छ । उनले भने ‘बुटवललाई दुधमा आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिन पशुपालक किसानलाई पाडी वितरण गरेका हौं ।’ आइतबार ३३ वटा पाडी वितरण गरिएको र बाँकी सोमबार वितरण गरिने पशुपंक्षी विकास अधिकृत झविन्द्र बञ्जाडेले बताए । उनका अनुसार चालु वर्षमा ९० जना किसानले पाडी अनुदानका लागि सम्झौता गरेका छन् । बुटवलले यसअघि किसानलाई दुध र दुधजन्य पदार्थमा आत्मनिर्भर बनाउन सहयोगी मिल्क चिलिङ भ्याट खरिदमा ५० प्रतिशत अनुदान दिएको थियो । 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update