Shittalpati
इन्धनको मूल्य बढ्यो 

 पाल्पा, नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोल लिटरमा २ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ बढाइएको हो ।
 

नेपाल आयल निगम सञ्चालक समितिकोको बैठकले इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्राप्त भएअनुसार पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको थियो । नयाँ मूल्य सोमबार विहानदेखि लागू भएको निमगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६४ रुपैयाँ ५० पैसा तोकेको छ । यसअघि पेट्रोलको १ सय ६२ रुपैयाँ ५० पैसा रहेको थियो ।  दोस्रो वर्गका लागि  एक सय ६६ पर्ने छ । यहाँ पनि यस अघि १ सय ६४ रहेको थियो । यस्तै तेस्रो वर्गका लागि एक सय १६७ तोकेको छ । यस अघि यहाँ १ सय ६५ थियो ।

निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५४ रुपैयाँ ५० पैसा पर्ने छ । यस अघि १ सय ४९ रुपैयाँ ५० पैसा रहेको थियो । दोस्रो वर्गका लागि एक सय ५६ पर्ने छ  । यहाँ यस अघि १ सय ५१ थियो । यस्तै तेस्रो वर्गका लागि एक सय ५७ कायम भएको छ । यस अघि १ सय ५२ रहेको थियो ।
पहिलो वर्ग अन्तर्गत चारआली, विराटगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपाय रहेका छन्

प्रकाशित मिति: सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update