Shittalpati
काँग्रेस–एमाले सत्ता समीकरणमा सहमति

काठमाडौँ, नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति भएको छ । सोमबार राति  दुुई ठूला दलबिच संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने गरी सत्ता सहकार्यको सहमति भएको  हो ।

सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली दुई वर्ष, बाँकी अवधि शेरबहादुर देउवा चुनावसम्म प्रधानमन्त्री बन्ने छन् । दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् । लामो र सघन गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update