Shittalpati
भट्टराईको पहलमा छेर्लुङ्गका किसानलाई आँप र लिचीका बिरुवा

पाल्पा, सामाजिक, राजीतिक तथा व्यवसायिक व्यक्तित्व किशोर भट्टराईको पहलमा तानसेन नगरपालिका–१३ छेर्लुङ्ग र बौगागुुम्बाका किसानलाई आँप र लिचीका विरुवा वितरण गरिएको छ ।  डिभिजन वन कार्यालय पाल्पाको सहयोगमा भट्टराईले यहाँका किसानलाई आँप र लिचीका  १ हजार २ सय ८० विरुवा वितरण गरेका हुन् ।  

किसानलाई व्यावसायिक र आत्मनिर्भर बनाउन फलफूलका बिरुवा वितरण गरिएको भट्टराईले बताए । उनले भने‘ किसानको मागका आधारमा डिभिजन वन कार्यालयको सहयोगमा ६ सय ३० आँप र  ६ सय ५० लिचीका विरुवा वितरण गरिएको हो ।’ उक्त विरुवा छेर्लुङ्ग र बौगागुम्बाका टोल समितिमार्फत किसानलाई वितरण गरिएको  थियो । यस्तै यहाँका सर्वोदय मावि र सारदा माविमा समेत उक्त फलफूलका विरुवा दिइएको हो ।  

वन कार्यालयको बहुवर्षीय योजना अन्तर्गत विगत तीन वर्षदेखि वडामा फलफूलका विरुवा वितरण गरिर्दै आएको भट्टराईले एनजेडीसँगको कुराकानीमा बताए । उनले भने ‘फलफूल खेतीबाट किसानलाई व्यावसायिक, आत्मनिर्भर बनाउँदै आर्थिकस्तर वृद्धि गर्ने उद्देश्य र पर्यावारणीय दृष्टिकोणले समेत हराभर बनाउने उद्देश्यले प्रत्येक वर्ष विभिन्न फलफूलका विरुवा यहाँका किसानलाई दिर्दै आएका छौं ।’

२०७९ मा यहाँका किसानलाई एक हजार २ सय आँप, लिची र कागतीका विरुवा दिइएको थियो भने २०८० मा पनि सोही परिमाणमा विरुवा दिइएको  भट्टराईले बताए । भट्टराई  तानसेन –१३ नेपाली काँग्रेसका वडा सभापति र पुस्तक व्यवसायी समेत हुन् । उनी राजनीति र व्यवसायसँगसँगै सामाजिक कार्यमा समेत उत्तिकै  सक्रिय छन् ।  कृषि वन कार्यक्रम अन्तर्गत यहाँका किसानलाई विरुवा वितरण गरिएको डिभिजन वन कार्यालयका अधिकृत यमलाल पोखरेलले बताए । उनका अनुसार अनुगमनका क्रममा यहाँका किसानलले शतप्रतिशत विरुवा संरक्षण गरेका कारण पुनः मागका आधारमा वितरण गरिएको हो ।  वन कार्यालयले सो कृषि वन कार्याक्रम अन्तर्गत, तानसेन १३, ६, बगनासकालीको ७, रम्भाको १, २, निस्दीको ४, रिब्दीकोटको ४ र रामपुर नगरपालिका लगायतका स्थानीय तहमा  समेत फलफूलका विरुवा वितरण गरेको छ ।  
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update