Shittalpati
भागदौड मच्चिँदा २७ जनाको मृत्यु

लखनऊ, उत्तर प्रदेशको हाथरसमा मंगलबार एक धार्मिक कार्यक्रममा २५ महिला र दुई पुरुषसहित २७ जनाको मृत्यु भएको छ । घटनाको मुख्य कारण धार्मिक कार्यक्रममा भागदौड हुनु हो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःखद घटनाप्रति समवेदना प्रकट गर्दै घटनास्थलमा राहत कार्यलाई तीव्रता दिन जिल्ला प्रशासनलाई तत्काल निर्देशन दिएका छन्  । उनले घाइतेलाई तत्काल अस्पताल पुर्‍याउन र उचित उपचारको व्यवस्था गर्न अधिकारीहरूलाई निर्देशन दिए । जिल्ला प्रशासनका अधिकारीहरूलाई ढिलो नगरी घटनास्थलमा पुग्न र राहत र उद्धार कार्यलाई तीव्रता दिनसमेत उनले निर्देशन दिए ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update