Shittalpati
एसईईमा उत्तीर्ण होराइजनका विद्यार्थीलाई सम्मान

पाल्पा, न्यू होराइजन आवासीय मावि पाल्पाले एसईईमा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । स्कूलले एक औपचारिक कार्यक्रमकाबिच उत्तीर्ण विद्यार्थीहरुलाई बधाईसँगै सम्मान गरेको हो । 

न्यु होराइजन ईन्स्टिच्युट  बुटवलका प्राचार्य लोकनाथ उपाध्यायले उत्तिर्ण विद्यार्थीहरुलाई खादा र मायाको चिनोले सम्मान गरेका थिए । विद्यार्थीहरुलाई सम्मान  गर्दैै प्रमुख अतिथि समेत रहेका उपाध्यायले विद्यार्थी र शिक्षकहरुको मेहनतका कारण विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । उनले एसईईमा जिल्लामै धेरै विद्यार्थी विद्यार्थी उत्तीर्ण गराउन सफल भएकोमा अभिभावक, शिक्षक र विद्यार्थीहरुलाई हार्दिक  आभार व्यक्त गर्दै धन्यवाद समेत दिए । प्रमुख अतिथि उपाध्यायले विद्यालयको शैक्षिक गुणस्तरका कारण होइराजनमा अध्ययनरत विद्यार्थीहरु अब्बल बन्ने गरेको उल्लेख गरे ।

कार्यक्रममा शिक्षक  हुमप्रसाद श्रेष्ठले विद्यार्थीहरुलाई बधाई  दिर्दै  होराइजनमा राम्रो  पढाइ हुँदै आएको बताए ।  विद्यालयका  प्राचार्य  डाँसुराम पन्थले विद्यार्थी र शिक्षकहरुको  लगाव र मेहनतका कारण हरेक वर्ष विद्यालयले उत्कृष्ट नतिजा  ल्याउन सफल भएको बताए । विद्यार्थीहरु रिया बस्याल र रेसम भट्टराईले विद्यालयका शिक्षकहरुको कूशलता  र दक्षताका कारण आफुहरुले परीक्षामा राम्रो नतिजा ल्याउन सफल भएको बताए । यस वर्ष विद्यालयले ८७ जना विद्यार्थी परीक्षामा सहभागी गराएकोमा ७२ जना उत्तीर्ण गराउन सफल भएको शिक्षक राजेन्द्र लिगलले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  निर्मल प्रसाद लाकोलको  अध्यक्षता, प्राचार्य डाँसुराम पन्थको स्वागत, शिक्षक  कृष्ण  ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update