Shittalpati
लुम्बिनीमा एमालेका मन्त्री राजीनामा दिने तयारीमा

दाङ, लुम्बिनी प्रदेशमा एमालेका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । केन्द्रमा काँग्रेस–एमाले सत्ता गठबन्धन भएपछि लुम्बिनीमा एमाले बाहिरिने तयारी गरेको हो ।

एमालेले संघ सरकारलाई दिएको समर्थन फिर्ता लिएको र मन्त्रीहरुले  समेत राजीनामा दिएपछि प्रदेशमा पनि मन्त्रीले राजीनामा दिन थालेका हुन् । २०८० चैत २३ गते माओवादी संसदीय दलका नेता जोखबहादुर महरा एमालेसहित पाँच दल र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । महरा नेतृत्वको सरकारमा एमालेबाट पाँच जना मन्त्री छन् । उनीहरुले केन्द्रीय सर्कुलर आउने बित्तिकै प्रदेश सरकार छाड्ने तयारी गरेको स्रोतले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update