Shittalpati
पोखराका विद्यार्थी पाल्पामा स्वास्थ्य शिक्षा सिकाउँदै


पाल्पा, पोखराबाट आएको विद्यार्थीहरुको एक टोलीले पाल्पाका विद्यालयमा स्वास्थ्य शिक्षा सिकाउँदै आएका छन् । स्कुलअफ हेल्थ एण्ड एलाइड साइन्सेज पोखरा विश्वविद्यालयका विद्यार्थीले तानसेन –१० सुनडाँडामा रहेको मण्डली माध्यमिक विद्यालय र भयरस्थान आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्वास्थ्य शिक्षा सिकाएका हुुन् ।

स्नातक तह जनस्वास्थ्य कार्यक्रमको तेस्रो बर्ष छैठौँ सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुले विद्यालय शिक्षा कार्यक्रम अन्तर्गत यहँँका विद्यार्थीहरुलाई स्वास्थ्य शिक्षाका बारेमा जानकारी गराएका हुन् । एलाइडको सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम समूूह–(क) का विद्यार्थीहरुले मण्डलीमा कक्षा ६ देखि १२ सम्म र भयरस्थानमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरुलाई पोेषण, पानी शुद्घिकरण गर्ने विधि र यसको महत्व तथा महिनावारी स्वच्छता जस्ता विषयमा सिकाएका थिए ।

मण्डली माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर विक र भयरस्थान आधारभुत विद्यालयका शिक्षकहरुले पोखराबाट आएका विद्यार्थीहरुले आफ्ना विद्यार्थीहरुलाई स्वास्थ्य शिक्षाका विषयमा गहन तरिकाले सिकाएकोमा खुुसी व्यक्त गर्दै उनीहरुलाई धन्यवाद व्यक्त गरे । विद्यार्थीहरुले पनि स्वास्थ्यका बारेमा ज्ञान हासिल गर्न पाएकोमा उत्साहित हुँदै आगामी दिनमा पनि यस्ता विषयमा जानकारी दिन आउन आग्रह गरे ।  

 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update