Shittalpati
एमालेका मन्त्रीहरुको कार्यभार प्रधानमन्त्रीलाई

पाल्पा, एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यभार थपिएको छ । एमालेबाट बनेका आठ मन्त्रीहरुले एकै पटक राजनीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डलाई कार्यभार थपिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित आठजना मन्त्रीले पदबाट राजीनामा दिएपछि उनीहरूले सम्हाल्दै आएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री ‘प्रचण्ड’ स्वयंले सम्हाल्ने गरी तोेकिए दिएका छन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपतिले प्रधानमन्त्री स्वयंलाई ती मन्त्रालयको कार्यभार तोकेका हुन् । एमाले र काँग्रेसबिच सत्ता समीकरणमा सहमति भएपछि एमालेका मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update