Shittalpati
स्याङजामा खोलाले बगाएर एक वृद्धको मृत्यु
 वर्षाले भत्किएको गोठ । तस्बिर: जिल्ला प्रहरी कार्यालय स्याङजा

पाल्पा, स्याङजाको पुतलीबजार नगरपालिका –१ वीरेन्द्रनगरमा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । शुक्रबार विहान वीरेन्द्रनगरस्थित अरौंदी खोलाले बगाएर सोही ठाउँका ७४ वर्षीय तिलबहादुर भुजेलको मृत्यु भएको हो ।

तर्ने क्रममा खोलाले बगाई गम्भीर घाईते भएका उनको आफ्नै छोरा होम बहादुर भुजेलले उद्धार गरी जिल्ला अस्पताल स्याङ्जा लगेकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए । शव जिल्ला अस्पतालमा पोष्टमार्टका लागि राखिएको छ ।

यस्तै अविरल वर्षाका कारण गोठ भत्किदा ३  चौपाया मरेका छन् ।  शुुक्रबार विहान स्याङ्जाकै भिरकोट नगरपालिका –९ साउण्डीका ६७ वर्षीय चन्द्रबहादुर सिंजालीको २ तले कच्ची गोठ अविरल वर्षाको कारण भत्किदा एक वटा भैसी, दुई वटा बाख्रा मरेका छन् भने एक भैसी घाइते अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ । चौपायालाई कुँडो दिन जाने क्रममा गोठ भत्कदा ६७ वर्षीय चन्द्रबहादुर सिंजाली र उनको ५८ वर्षीया श्रीमती ठकुकुमारी सिंजाली सामान्य घाईते भएका छन् । उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भईरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update