Shittalpati
वर्तमान शिक्षा

✍️   विचन्द्र रायमाझी “मुस्कान”

    इस्मा –२ गुल्मी हाल तानसेन, पाल्पा

शिक्षा उसको देशमा पनि पाइन्छ

शिक्षा मेरो देशमा पनि पाइन्छ

    फरक यत्ती हो

उसको देशको शिक्षामा ग्यारेन्टी हुन्छ

मेरो देशको शिक्षामा वारेन्टी हुन्छ ।।

   शिक्षा उसको देशले पनि दिन्छ

   शिक्षा मेरो देशले पनि दिन्छ

          फरक यत्ती हो

   उसको देशले गुणस्तरीय शिक्षा दिन्छ

   मेरो देशले उच्चस्तरीय शिक्षा दिन्छ ।।

विद्यार्थी उसको देशमा पनि हुन्छन्

विद्यार्थी मेरो देशमा पनि हुन्छन्

       फरक यत्ति हो

उसको देशका विद्यार्थी क्याम्पसमा पढछन्

मेरो देशका विद्यार्थी ईन्स्टिच्युटमा पढछन् ।।

 

शिक्षक उसको देशमा पनि हुन्छन्

शिक्षक मेरो देशमा पनि हुन्छन्

      फरक यत्ति हो

उसको देशका शिक्षक विद्यालय जान्छन्

मेरो देशका शिक्षक सडकमा जान्छन् ।।

 

विज्ञान विषयको पढाइ उसको देशमा पनि हुन्छ

विज्ञान विषयको पढाइ मेरो देशमा पनि हुन्छ

         फरक यत्ती हो

उसको देशमा विज्ञान पढ्ने विद्यार्थी बैज्ञानिक बन्छन्

मेरो देशमा विज्ञान पढ्ने विद्यार्थी शिक्षक बन्छन् ।।

 

परीक्षा उसको देशमा पनि हुन्छ

परीक्षा मेरो देशमा पनि हुन्छ

     फरक यत्ती हो

उसको देशमा परीक्षा पछि रिजल्ट आउँछ

मेरो देशमा रिजल्ट आयो भन्दा फेरि परीक्षा आउँछ ।।

 

शैक्षिक प्रमाणपत्र उसको देशमा पनि बन्छन्

शैक्षिक प्रमाणपत्र मेरो देशमा पनि बन्छन्

        फरक यत्ती हो

उसको देशको प्रमाणपत्रले रोजगारी बनाउन्छ

मेरो देशको प्रमाणपत्रले बेरोजगारी बनाउन्छ ।।

पुस्तक उसको देशमा पनि बन्छन्

पुस्तक मेरो देशमा पनि बन्छन्

     फरक यत्ती हो

उसको देशको स्कुलमा पुस्तक पुगेपछि पढाइ हुन्छ

मेरो देशको स्कुलमा पढाइ सकिएपछि पुस्तक पुग्छ ।।

राम्रो शिक्षा उसको देशमा पनि हुन्छ

राम्रो शिक्षा मेरो देशमा पनि हुन्छ

      फरक यत्ती हो

उसको देशको शिक्षाले विश्व बदल्छ

मेरो देशको शिक्षाले स्वयं आफू बदल्छ ।।

(रायमाझी हाल त्रिभुुवन बहुुमुुखी क्याम्पस पाल्पामा स्नातक प्रथम वर्षमा अध्ययनरत छन् ।)

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update