Shittalpati
गुल्मीमा जिप र मोटरसाईकल ठोक्किदा मोटरसाइकल चालक घाइते

गुल्मी, जिल्लाको रेसुंगा नगरपालिका –४ रायढुंगामा जिप र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक घाइते भएका छन् । तम्घासबाट धुर्कोटतर्फ गइरहेको लु १ प १३ प ७९५० नम्वरको मोटरसाईकल र विपरित दिशा (छल्दिपनाह)बाट तम्घास आइरहेको लु १ च ७३२७ नम्बरको डबल क्याप जिप एक आपसमा ठोक्किदा मोटरसाइकल चालक रेसुङ्गा नगरपालिका–८ निवासी ४३ बर्षीय देवबहादुर बिक घाइते भएका हुन् ।

उनलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएकोमा थप उपचारका लागि  लुम्बिनी मेडिकल कलेज पाल्पा रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले  जानकारी दिए । उनको  अवस्था मध्यम रहेको जनाइएको छ  । जिप चालकलाई भने  प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update