Shittalpati
एसईईमा वृन्दावनको अब्वल नतिजा

पाल्पा, तानसेनमा २०५३ सालमा निजी विद्यालयको रुपमा स्थापना भएको वृन्दावन एकेडेमी सेकेण्डरी स्कुलले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अब्बल नतिजा ल्याउन सफल भएको छ । स्कुलले उत्कृष्ट जिपीएसहित सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराई जिल्लामै अब्बल नतिजा ल्याउन सफल भएको हो ।  

यस वर्षको नतिजामा कतिपय स्कुलहरुको नतिजा शून्यु आइरहेका बेला वृन्दावन भने सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएर जिल्लामै नमूना ठहरिएको छ । २०८० को एसईई परीक्षामा ४ जना विद्यार्थी सहभागी गराएको वृन्दावनले ए प्लस (A+) सहित चारै जना उत्तीर्ण गराएको छ । एसईईमा सहभागी कृष्टिना पाण्डेयले ३.७७ जिपीए, निशा डुम्रेले ३.७५ जिपीए, रिकेश भण्डारीले ३.६७ जिपीए र सुवर्ण विक्रम शाहले ३.६५ जिपीए  प्राप्त गरी स्कुललाई अब्बल शैक्षिक संस्थाका रुपमा चिनाउन सफल भएका हुन् ।    

विगतको नतिजा हेर्ने हो भने पनि यस स्कुलको पास सतप्रतिशत नै रहेको छ । २०६७ मा पहिलो पटक यस स्कूलका विद्यार्थी एसईईमा सहभागी भएका थिए । सो समयदेखि नै विद्यार्थीहरुले एसईई परीक्षामा उच्च ग्रेड हासिल गर्दै आइरहेका छन् । विद्यार्थी र शिक्षकहरुको लगनशीलता र मेहनतका कारण सतप्रतिशत नतिजा ल्याउन सफल भएको स्कुलका प्रिन्सिपल भरतप्रसाद न्यौपानेले बताए । उनले भने ‘शैक्षिक गुणस्तर बढाउन विद्यालयका शिक्षकहरू उत्तिकै लगनशीलताका साथ लाग्नुु भएको छ ,विद्यार्थीहरु पनि त्यस्तै मेहनतका साथ अध्ययनमा तल्लिन छन्, जसको परिणाम अहिलेको नतिजा हो ।’

शिक्षक, विद्यार्थी र अभिभावकको टिम स्पिरिटको परिणाम वृन्दावनको सफलता भएको प्रिन्सिपल न्यौपानेको भनाई छ । उनले भने ‘विद्यार्थी फेल भए हाम्रो बेइज्जत हुन्छ भन्ने मान्यताका साथमा सरहरू मेहनत गर्नुहुन्छ । अभिभावक पनि विद्यालयप्रति उत्तरदायी हुनुहुन्छ ।’ विद्यालयमा सैद्धान्तिकसँगसँगै प्रयोगात्मक सिकाइलाई प्राथमिकता दिने गरिएको  प्रिन्सिपल न्यौपानेले बताए । ‘केही गरौं भनेर स्कुलमा थोरै प्रयास गरेका हौं’, न्यौपानेले भने, ‘प्रयासअनुसार सफल पनि भइरहेका छौं ।’

प्रकाशित मिति: शनिबार, असार २२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update