Shittalpati
गुल्मीमा घर भत्केर पुरिएकी महिलाको उद्धार

गुल्मी, जिल्लाको रुरुक्षेत्र गाउँपालिका–३ थोर्गामा घर भत्किँदा पुरिएकी एक महिलाको उद्धार गरिएको छ । घरमाथिबाट आएको पहिरोका कारण घर भत्किँदा पुरिएकी स्थानीय उजेली विकको छिमेकीहरूले शनिबार बिहान उद्धार गरेका हुन् ।

उनको उद्धार गरी उपचारका लागि रिडी आधारभूत अस्पताल लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  घरमा बसिरहेको अवस्थामा एक्कासी पहिरो आई घर भत्किंदा विक पुरिएकी थिइन् । भर्‍याङ् मुनी रहेकाले उनलाई सकुशल नै उद्धार गरिएको स्थानीयले बताएका छन् ।  

अविरल वर्षका कारण जिल्लाका आधा दर्जन घरहरु जोखिममा परेका छन् । बाढी पहिरोको कारण जिल्लाबाट बाहिरिने मुख्य सडकसहित अधिकांश सडक अवरुद्ध भएका छन् । पहिरोले रुरु–४ कालिका मोडस्थित रिडि–तम्घास पक्की सडकखण्ड अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा हुँदै बुटवल काठमाडौं जाने सडक बन्द छ । त्यस्तै मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–सिमलटारी खण्डका खोलाहरूमा पानीको बहाव बढ्दा सडक पूर्ण रुपमा बन्द छ । उक्त सडकमा पर्ने रोदीखोला, घमिर खोला र फूलबारी खोला बढेपछि सडक पूर्ण रुपमा बन्द भएको छ । 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update