Shittalpati
तिमी छोरा बन्नु

 

 ✍️ बिमला पान्डे 

समालिएर हिंड कसलाई के भन्नु,
तिमी एउटी छोरी तर छोरा बन्नु ।

बाहिरी माहोल ठिक छैन् ,
लाग्न सक्छन् बदनामीका दागहरू॥

डरले भन्दापनि भरले बाँच्नु,
इज्जतलाई तिमी संस्कारले ढाक्नु ।

बद्लिदो परिवेशसँग नभाग्नु,
निडर भई लक्ष्य प्राप्तिमा लाग्नु ॥

बा आमाको लागि तिमी चिन्ताको विषय हौं,
थोरै होसियार हुनु अरूमा तिमी अब्बल छौं ।

अनेकौं परिवर्त्तन सँगै आउँन सक्छन् बाधा पनि,
आत्मबल बढाउनु है कतै कमजोर नबनि ॥

असल हुन्छ स्वाभिमान नगिराउनु कहिले,
संर्घषपुर्ण जिवनमा तिमी सजक हुनु पहिले ।

जिम्मावारीको भारी बोकि सफलताको सिढीं चढ्नु,
तिमी एउटी छोरी तर छोरा बन्नु ॥

प्रकाशित मिति: आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update