Shittalpati
वर्षाका कारण लुम्बिनीका २ सय ३१ घर डुवानमा

पाल्पा, अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २ सय ३१ घर डुवानमा परेका छन् । विहीबारदेखि परेको  निरन्तर वर्षाका कारण पाल्पा, दाङ, बाँकेका विभिन्न स्थानमा २ सय ३१ घर डुवानमा परेका हुन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले शनिबारदेखि आइतबार दिउँसोसम्म संकलन गरेको विवरण अनुसार दाङको लमही नगरपालिका–८ धमपुरुवा, बग्रपुर, गिधिनिया, पचकपुरका १ सय ७० घर डुबानमा परेका छन् । यस्तै बाँकेको राप्तीसोनारी गाउँपालिका –१ कुसुम र १३ जोङपुरमा ६० घर डुवानमा परेका छन् भने पाल्पाको १ घर डुवानमा परेको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update