Shittalpati
धरापमा घरहरु

पाल्पा, हार्थोक सडक खण्डस्थित भैरवस्थान मन्दिर नजिकै पहिरोको उच्च जोखिममा रहेका घरहरु । सडक चौडा बनाउने नाममा जथाभावी डोजर लगाएर खन्दा यहाँका दुईवटा घर पहिरोको धरापमा रहेका छन् । निरन्तर अविरल वर्षा भइरहे पनि डोजर लगाएर काम भइरहँदा घर कति बेला पहिरोले लैजाने हो भन्न सकिने अवस्था छैन् । ति घरमा रहेका मानिसहरु दिनभरी बाहिर बसे पनि रातको समयमा भने घरमै बस्दै आएका छन् ।  तस्वीर: रामचन्द्र रायमाझी/शितलपाटी

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update