Shittalpati
माथागढीकी एक युवती खोलामा मृत फेला

पाल्पा, जिल्लाको माथागढी गाउँपालिका –५ गणबासकी एक युवती खोला मृत फेला परेकी छन् । गणबासकी २८ वर्षीया खुमीसरा बाह्रघरे  सोही ठाउँस्थित झुुम्सा खोलामा सोमबार साँझ मृत अवस्थामा फेला परेकी हुन् ।    

उनको शवलाई अहिले पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुुगन्ध श्रेष्ठले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update