Shittalpati
बगनासकालीमा काँग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिले गरे गाउँसभा बहिष्कार

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकामा नेपाली काँग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिले गाउँसभा बहिष्कार गरेका छन् । आर्थिक वर्ष २०८१/०८२ को बजेटमा असन्तुष्ट जनाउँदै १७ जना सदस्यले बुधबारको १६ औं गाउँसभाको अन्तिम बैंठक बहिष्कार गरेका हुन् ।

नेपाली काँग्रेसबाट निर्वाचित १६ जना र माओवादीका एक जना गरी १७ जना सदस्यले एमालेबाट निर्वाचित जनप्रतिनिधिले एकलौटी गरेको आरोप लगाउँदै गाउँसभा बहिष्कार गरिएको बताएका छन् । विनियोजन विधेयकमाथि छलफल गर्न राखिएको बैंठकमा शुन्य समयमा काँग्रेसबाट निर्वाचित वडा नं ९ का वडा अध्यक्ष थानेश्वर तिमिल्सीनाले बोल्दै गरेको बेला सभाबाट उठेर पालिकाका प्रवक्ता टिका थापाले टेवुल ठट्याउँदै बोल्न रोकेर जर्वजस्ती बजेट पारित गर्न थालेपछि आफुहरुले गाउँ सभा बहिष्कार गरेको उनीहरुले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष तिमिल्सीनाले एमालेबाट निर्वाचित साथीहरुले बहुमतको दम्भ देखाएर बजेट माथि छलफल नै नगराई एक्लौटी ढंगले पारित गर्न खोजेपछि आफुहरु सभा बहिष्कार गरेको बताए । कार्यपालिका बैठकमा सर्वसम्मतिको प्रयास नगरी एकलौटी गाउँसभा सञ्चालन गरी जवरजस्त पारित गर्न खोज्नुु गलत भएको उनको भनाई छ । ‘विधेयक प्रस्तुत हुनु अघि बजेट माथि छलफल हुनुपर्ने भए पनि त्यसो नगरेको, पालिकाको पुँजीगत र चालु खर्चको विवरणमा कुनै पनि छलफल नगरिएको, कार्यपालिकामा छलफल नै नगरी रातारात एक्लौटी ढंगले १ करोड ७५ लाखका ७८ वटा योजना तयार गरेर बजेटमा समावेश गरेको, दायित्वको शिर्षक रकम बढी राखिएको, गाडी खरिदमा ६० लाख राखिएको, समपुरक अनुदानमा चाहिने भन्दा बढी रकम छुट्याइएको, नीति तथा कार्यक्रम अनुसार बजेट नल्याइएको, सार्वजनिक लेखा समितिका संयोजकले हिसाव माग गर्दा नदिएको र दिएको हिसाब पनि अपूर्ण र पादर्शी नभएको पाइएको छ’ वडा अध्यक्ष तिमिल्सीनाले भने । काँग्रेसबाट निर्वाचित वडा नं .६ का वडा अध्यक्ष लक्ष्मी प्रसाद अधिकारीले असहमति जनाउँदा जनाउँदै कुनै पनि छलफल नै गर्न नदिइ एक्लौटी पाराले पेलेर जाने नियत राखेपछि आफुहरु सभाबाट उठेर हिडेको बताए । उनले विपद्को बेला जनताहरुको हितमा काम गर्नुपर्नेमा जथाभावी रुपमा आफु अनुकूलका योजनाहरु ल्याएर बजेटमा समावेश गरेको र अनावश्यक गाडी खरिदमा बजेट छुट्याएको उल्लेख गरे । सार्वजनिक लेखा समितिका संयोजक कृष्ण बस्याल र माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य कृष्ण भूषालले लेखा समितिले हिसाव माग गर्दा समेत नदिइ अपादर्शी ढंगले अगाडि बढ्न खोजेको बताए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा ३ बमोजिम कार्यपालिका बैठकको निर्णय सर्वसम्मति हुनुपर्ने भए पनि प्रयास नगरी आफूखुसी गाउँसभा सञ्चालन गरेको असन्तुष्ट सदस्यहरुले पत्रकार सम्मेलनमार्फत जनाएका छन् ।

गाउँपालिका अध्यक्ष सरस्वती चिदीले भने चित्ता नबुझे संशोधन हाल्न र छलफलको लागि समय दिन आफुुहरु तयार हुँदा हुँदै उहाँहरुले सभा बहिष्कार गर्नुभएको बताईन् । उनले भनिन्‘ बुधबार आर्थिक विधेयक र विनियोजन विधेयकमाथि छलफल गर्न सभा राखेका थियौं, विधेयकमाथि छलफल सुरु नगर्दै वडा अध्यक्ष थानेश्वर तिमिल्सीना जि पहिला आफुुले बोल्न पाउने भनेपछि ३ मिनेट समय दिएका थियौं तर उहाँले तीन मिनट भन्दा बढी समय लगाएर पालिकाको आलोचना गर्न थालेपछि प्रवक्ता जि ले उठेर त्यसो नगर्न आग्रह गर्दा गर्दै उहाँहरु उठेर  हिड्नुुभएको हो । ’ छलफलका लागि पटक–पटक आग्रह गरे पनि नमानेको अध्यक्ष चिदीको भनाई छ । उहाँहरुले सभा बहिष्कार गरे पनि सभाको बहुमतले विधेयक पारित गरिएको उनले बताईन् ।  

 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update