Shittalpati
विश्व जनसंख्या दिवस आज नेपालमा पनि मनाइदैं

पाल्पा, विश्व जनसंख्या दिवस नेपालमा पनि आज मनाइदैछ । संयुक्त राष्ट्रसघंको आह्वानअनुसार प्रत्येक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ । सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसंख्याका मुद्दाहरुलाई सम्बोधन गर्ने हेतुले विश्व जनसंख्या दिवस मनाउने गरिएको हो ।

दिवसका माध्यमबाट विश्वमा रहेका जनसंख्यासँग सम्बन्धी समस्या उठाइ त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्ने गरिन्छ । जनसंख्या थोरै भएमा थोरै श्रोतले पनि गुणस्तरयूक्त जीवन धान्न मिल्ने तथ्य आफ्नो ठाउँमा छ तथापि विकास अनि समृद्धिका लागि चाहिने जनशक्तिको पूर्णता पनि जनसंख्याले नै गर्ने त हो । एउटा सन्तुलित जनसंख्या वेगैर कुनै पनि देशको सुरक्षा, विकास दीगो भविष्यको कल्पना पनि गर्न सकिन्न । विश्वको शक्तिकेन्द्र तथा विश्वको जनसंख्यामा आफ्नो अधिकतम स्थान राख्ने चीनले बढ्दो जनसंख्याको भयलाई बुझेर एक सन्तान प्रणाली लागू गरेकोमा पछिल्लो समय जनसंख्याको एउटा स्तर हासिल गर्न लामो समयको अध्ययन पश्चात् सन् २०१५ मा दुई सन्तान जन्माउन अनुमति सहित आफ्नो जनतालाई आवान गरेको छ । यस्तै संसारमै सबैभन्दा व्यस्त जीवनशैली अपनाएका जापानीहरूलाई समेत आफ्नो व्यक्तिगत तथा पारीवारिक समय निकाल्न तथा बढ्दो वृद्धवृद्धाहरूको जनसंख्यासँंग तालमेल मिलाउन विभिन्न योजनासहितका सन्तान प्राप्ति अर्थात् बच्चा जन्माउन प्रेरित गरिन्छ भने अन्य थुप्रै देशहरुमा जनसंख्याको एउटा निश्चित स्तर तथा सन्तान उत्पादनको निराशाजनक उदाहरणहरू बढ्न थालेका छन् ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update