Shittalpati
ट्रक र स्कुुटर एक आपसमा ठोक्किदा स्कुुटर चालकको मृत्युु

पाल्पा, जिल्लाको तिनाउ गाउँपालिका –३ दोभानस्थित सिद्धार्थ राजमार्गमा ट्रक र स्कुटर एकआपसमा ठोक्किदा बुधबार साँझ स्कुटर चालकको मृत्यु भएको छ । बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु ८६ प ६५१ नम्बरको स्कुटरले सोही दिशातर्फबाट आउँदै गरेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई ओभरट्याक गर्ने क्रममा एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुुटर चालकको मृत्युु भएको हो ।  

मृत्युु हुनेमा स्कुटी चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिगानगरका २१ वर्षीय विवेक अधिकारी  रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । उनका अनुसार  दुर्घटनामा परी अधिकारी गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । दुर्घटनामा परी स्कुुटीको पछाडी सवार उनकै बहिनी १७ वर्षीया रश्मी अधिकारी गम्भीर घाइते भएकी छन् ।  उनको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update