Shittalpati
लायन्स क्लव अफ पाल्पा रानीमहलले गर्यो पद हस्तान्तरण तथा अवार्ड वितरण

पाल्पा, जिल्लाको सामाजिक र मानविय सेवामा क्रियाशिल रहेको लायन्स क्लब अफ पाल्पा रानीमहलले पद हस्तान्तरण तथा विभिन्न अवार्ड वितरण गरेको छ । क्लवले तानसेनमा एक भव्य समारोहकाबिच पद हस्तान्तरण तथा अवार्ड वितरण गरेको हो । 

कार्यक्रममा वर्ष २०२३/०२४ का अध्यक्ष लायन कोसीश भण्डारीको नेतृत्वले वर्ष २०२४/०२५ का अध्यक्ष लायन राजेश भट्टराईको नेतृत्वलाई पद हस्तान्तरण गरेको छ । वर्ष ०२३/०२४ का अध्यक्ष भण्डारीले वर्ष ०२४/०२५ का अध्यक्ष भट्टराईलाई अध्यक्षको पद हस्तान्तरण गरे । यस्तै सचिव लायन करुणा काफ्लेले वर्ष ०२४/०२५ का सचिव लायन विष्णुु पौडेललाई र कोषाध्यक्ष विष्णु पौडेलले वर्ष ०२४/०२५ का कोषाध्यक्ष डा.सौरभ श्रेष्ठलाई पद हस्तान्तरण गरेका हुन् । सोही अवसरमा बर्ष २०२३/०२४ का अध्यक्ष कोसीश भण्डारीले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने व्यक्ति र आफ्नो टिमका साथीहरुलाई विभिन्न अवार्डबाट सम्मान गरेका थिए । अवार्ड प्रदान गर्दै उनले सबै साथी र सहयोगी दाताहरुको सहयोगका कारण आफ्नो नेतृत्व सफल भएको बताए । भण्डारीले भने ‘सबैको सहयोग र साथले विपद्मा परेका आमनागरिकहरुको दुखमा मलाम लगाउनेदेखि लायन्समा आवद्ध सदस्यहरुको क्षमता र नेतृत्व विकासका क्षेत्रमा उल्लेखीय काम गर्न सफल भएका हौँ ।’ वर्ष ०२४/०२५ को अध्यक्षको जिम्मेवारी ग्रहण गर्दै राजेश भट्टराईले डिष्टिकले ल्याएका हरेक कार्यक्रमहरुलाई सतप्रशित कार्यान्वयन गरी क्लवलाई थप सशक्त र क्रियाशिल बनाएर लैजाने उद्घोष गरे । उनले मानविय सेवासँगसँगै सामाजिक उद्यमशीलताका कार्यक्रमहरुलाई समेत जोड्दै जाने बताए ।

कार्यक्रमको प्रमुख अतिथि तथा लायन डिस्टिक गभर्नर एम.जे.एफ. पुरुषोत्तम भक्त प्रधानाङ्गले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रधानाङ्गले कोसीश भण्डारीको नेतृत्वले गरेका कामहरु प्रशसंनिय रहेको भन्दै हार्दिक आभार व्यक्त गरे । उनले नयाँ नेतृत्वले पनि थप रचनात्मक कार्य गर्न आग्रह गरे । लायन प्रधानाङ्गले अब स्थानीय सरकार र नीजि संघसंसथाहरुसँग समन्वय गरेर अगाडि बढ्न आवश्यक रहेहको बताए । उनले लायन्सले हामी सेवा गछौं भन्ने भावनाका साथ सामाजिक र मानविय सेवामा अनवरत लाग्दै सामाजिक उद्यमीशलतासँग जोडिन पनि नयाँ नेतृत्वलाई आग्रह गरे । विशिष्ट अतिथि आइपीडिजी पी.एम.जे.एफ लायन अर्जुनमान सैजुले पनि क्लवले गरेका कामको प्रशसा गर्दै पुुरानो नेतृत्वलाई आभार व्यक्त गरे । उनले नयाँ नेतृत्वलाई क्लवका प्रोटोगल अनुसार काम गर्न आग्रह गर्दै आगामी दिनमा क्लवललाई अब्बल र नमूना क्लवका रुपमा स्थापित गर्न सुझाव दिए । कार्यक्रममा डिजास्टर रेस्क्यु एण्ड रिलिफ चिफ एमजेएफ लायन मीना पन्थी, लुम्बिनी प्रदेशका सांसद तथा एमजेएफ लायन खेमबहादुर सारु लगायतले क्लवको सफलताको शुभकामना व्यक्त गर्दै विगतमा जस्तै विपद्मा देखाएको सहयोग र सद्भाव आगामी दिनमा समेत देखाउन नयाँ नेतृत्लवलाई आग्रह गरे । उनीहरुले क्लबका असल अभ्यासको अनुशरण र सहकार्य गर्नुपर्ने खाँचो औंल्याउँदै नेपालमा लायन्स क्लबले अस्पताल, विद्यालय, मानव स्वास्थ्य, सामाजिक सेवा, भूकम्पपीडित आगलागी, पहिरो पीडितलाई सहायता जस्ता राम्रो काम गरिरहेको उल्लेख गरे ।

कार्यक्रममा लायन राजेन्द्र लिगल, लायन बुद्धिप्रसाद शर्मा, लायन भिमबहादुर श्रेष्ठ, लायन गंगाबहादुर खत्री लगायतले क्लवले प्रदान गरेका अवार्ड विभिन्न व्यक्तिलाई प्रदान गरेका थिए । अवार्ड वितरण र पद हस्तान्तरण कार्यक्रम वर्ष २०२३/०२४ का अध्यक्ष लायन कोशीस भण्डारीको अध्यक्षता, द्धित्तिय उपाध्यक्ष तुलबहादुर अधिकारीको स्वगत, सचिव लायन करुणा काफ्लेको सञ्चालनमा भएको थियो भने सो पछिको सत्र वर्ष २०२४/०२५ का अध्यक्ष लायन राजेश भट्टराईको अध्यक्षा, सचिव विष्णु पोडेलको सञ्चालनमा भएको थियो ।  

 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update