Shittalpati
मुसा मार्न प्रयोग गरिने विष सेवन गर्दा गुल्मीमा एक बालिकाको मृत्यु

गुल्मी, मुसा मार्न प्रयोग गरिने विष सेवन गर्दा गुल्मीमा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका –१ ठाँटीकाचौरकी सपना सुनारकी चार वर्षीया छोरी प्रिन्सा सुनारको विष सेवनबाट मृत्यु भएको हो ।

बारीमा राखेको मुसा मार्ने मल्हम खाएर प्रिन्सा बिरामी परेकी थिइन् । उनको उपचारको क्रममा बिहीबार जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मलहम सेवनबाट सोही गाउँकी अर्की बालिका गम्भीर बिरामी भएकी छन् । बसन्धुरा सुनारकी पाँच वर्षीया छोरी दिपसिखा सुनार गम्भीर बिरामी भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो आमाले प्रिन्सा र दिपसिखालाई लिएर घर नजिकैको बारीमा कोदाको झार गोड्न गएकी थिइन । त्यही समयमा ति बालिकाहरुले फोहोरसँगै फालेको विष सेवन गरेपछि बान्ता गरेका थिए । विष सेवन गरेको थाहा पाएपछि परिवारले उपचारका लागि जिल्ला अस्पतालमा तम्घास ल्याएका थिए । दिपशिखालाई भने थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएकोे छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update