Shittalpati
कास्की पहिरो : पुरिएर एकै घरका ७ जनासहित ११ को मृत्यु

कास्की, कास्कीका विभिन्न स्थानमा विहीबार रातिको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा महानगरपालिकामा १०, १९, ३२ र मादी गाउँपालिका –११ मा पहिरोेमा  परी ११ जनाको मृत्यु भएको हो ।

पोखरा –१९ पुरुनचौर तल्लाकोटका कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा एकै घरका सात जनाको मृत्यु भएको छ ।  यसैगरी पोखरा –३२ चैनपुरस्थित बाह्रबिसेमा पहिरोको कारण तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिका –११ मा गएको पहिरोमा परी एक जनाको ज्यान गएको छ । पहिरोमा परी बेपत्ता भएकी ८० वर्षीया माइतीकुमारी गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए ।  मृतकको  शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update