Shittalpati
कास्कीमा पुरिएर ११ को मृत्यु, चितवनमा दुुई बस त्रिशुुलीमा खसे, बसमा ६५ जना सवार, तीनजना पौडिएर बाँचे, अन्य बेपत्ता

चितवन, बिहीबार रातिदेखिको अविरल वर्षाका कारण गएको पहिरोले कास्की र चितवनमा वितण्डा मच्याएको छ ।  पहिरोले ठूलो  मानविय र भौतिक हुन पुगेको छ ।
बिहीबार रातिदेखिको अविरल वर्षाका कारण पहिरोले पुरिएर कास्कीमा एकै घरका ७ सहित ११ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिकामा १०, १९, ३२ र मादी गाउँपालिका –११ मा पहिरोेमा  परी ११ जनाको मृत्यु भएको हो । पोखरा –१९ पुरुनचौर तल्लाकोटका कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा एकै घरका सात जनाको मृत्यु भएको छ । यसैगरी पोखरा –३२ चैनपुरस्थित बाह्रबिसेमा पहिरोको कारण तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिका –११ मा गएको पहिरोमा परी एक जनाको ज्यान गएको छ । पहिरोमा परी बेपत्ता भएकी ८० वर्षीया माइतीकुमारी गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए । मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको उनले बताए ।

यस्तै नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले दुुई वटा बस बगाएर त्रिशूली नदीमा पुुर्‍याएको छ । भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा शुक्रबार विहान लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा दुईवटा बस खसेका थिए । बसमा ६५ जना सवार रहेको बताइएको छ । यो समाचार तयार पार्दासम्म बेपत्ता बस भेटिएका छैनन् । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले  पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको बताए । त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको  जनाइएको छ । अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले डुङ्गामा खोजी थालेका छन् । हालसम्म बस फेला पर्न नसकेको प्रजिअ यादवले जानकारी दिए । शुक्रबार बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए । प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जनारहेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार काठमाडौँर वीरगञ्जमा गाडी नम्बरर चलानीको बारेमा बुझ्ने काम भइरहेको छ । यद्यपि वास्तविक विवरण प्राप्त नभइसकेको उनले जानकारी दिए ।

तीनजना पौडिएर बाँच
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न सफल भएका तीनजनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एकजनाको भरतपुर अस्पतालमार दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरू बिहीबार साँझ ७ः३० बजे काठमाडौँबाटरौतहट गौरका लागि छुटेको गणपति डिलक्स बसमा सवार थिए । तीमध्येरौतहटका नन्दन यादवले बसको सिसा फुट्दा झ्यालबाट निस्किएर बाँच्न सफल भएको बताए । ‘बसमा हामी ३० देखि ३५ जना थियौँ । त्यसमध्ये तीनजना त्रिशूलीमा खसेको बसको सिसा पुटेपछि बाहिर निक्सियौँ, पौडिएर बाँच्न सफल भयौँ ।’ खाना खाएर बस चढेको एक घण्टापछि बस दुर्घटना भएको उनले सुनाए । ‘हामी गाडीबाट कसरी बाहिर निस्कियौँ भन्नेसमेत थाहा छैन, एकैपटक पानीमा झरेपछि मात्र सबै थाहा पायौँ’, उनले थपे, ‘बस पानीमा धेरै मुनी पुगेको थियो । हामी झ्यालबाट खसेपछि पौडी खेल्दै खेल्दै नदी किनारमा आएर बाँच्न सफल भयौँ ।’ टाउँकोमा चोट लागेका यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उपचार गररेर फर्किँदै गरेका गरुडा–९ रौतहटका जुगेश्वरराय यादवले आफ्नो परिवारका चारजना बाहिर निस्किन नसके पनि आफू त्रिशूलीबाट बाहिर निस्किएको सुनाए । 

बसमा उनका ३५ वर्षीय छोरी, १० वर्षीय छोरा, सात वर्षीया नातिनीर दुई वर्षीय नाती सवार थिए । काठमाडौँमा उपचार गरेर घर फर्कँदै गर्दा उनको परिवारका पाँचजना दुर्घटनामा परेका हुन् ।  ‘काठमाडौँमा छ दिनसम्म उपचार गरेर फर्किँदै थियौँ । एक्कासी नसोचेको घटना घट्यो । पाँचपटक बस ठक्कर खाएर बल्ल नदीमा पुगेको थियो’,उनले स्मरण गरे, ‘पहिरोमा परेर तल खस्दा सबै यात्रु कराइरहेका थिए । अरूको अवस्था के होला, अहिलेसम्म थाहा छैन । बसको चालकर सहचालक पनि त्यही डुब्नुभयो ।’ बस पहिरोमा पर्नुअघि आधा घण्टा जति जाम परेको भन्दै उनले सुनाए, ‘जाम खुलेसँगै विस्तारै अघि बढ्ने क्रममा त्रिशूलीमा खसेको हो । बसको सिसा फुटेपछि बाहिर निस्कन सफल भए, अर्को गाडीको सहयोगमा उपचारका लागि अस्पताल पुगेको हुँ ।’ उनको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । भरतपुर अस्पतालमा उपचाररत रौतहटकै सरोजकुमार गुप्ताको डिस्चार्ज भएको छ । सामान्य अवस्थामारहेका उनको उपचारपछि डिस्चार्ज गरिएको हो । हाल बेपत्ता बसको खोजिकार्य जारी छ । नेपाली सेनार सशस्त्र प्रहरीको गोताखोर टोली बसको खोजीर सवार यात्रुको उद्धारमा लागेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

लेदोसहितकोे ढुङ्गा लागेर बस चालकको मृत्यु
यस्तै भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा लेदोसहितको ढुङ्गा लागेर बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–४ का ३६ वर्षीय मेघनाथ विकरहेका छन् । काठमाडौँ जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक विकलाई लेदोसहितको ढुङ्गाले लागेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update