Shittalpati
मखनटोल टोल विकास संस्थाले गर्‍यो शिखरडाँडामा वृक्षारोपण

पाल्पा, मखनटोल टोलविकास संस्थाले तानसेन नगरपालिका –८ मदनपोखरा शिखरडाँडास्थित  विपसना ध्यान केन्द्र परिसरमा वृक्षारोपण गरेको छ । जनप्रतिनिधिसँगै संस्थाका पदाधिकारीहरु ध्यान केन्द्र परिसर शिखरडाँडा पुुगेर वृक्षारोपण गरेका हुन् ।

तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले केन्द्रमा विरुवा रोपी कार्यक्रमको शुभारम्भ गरे ।  विरुवा रोप्दै नगर प्रमुख श्रेष्ठले ध्यान केन्द्रको वातवारण हराभरा स्वच्छ, सफा सुन्दर बनाउन मखनटोल टोल विकास संस्थाले गरेको कार्य निकै प्रभावकारी भएको बताए । उनले विरुवा रोपणसँगै विरुवाको समय–समयमा गोलमेल, हेरचाह, मलखादको व्यवस्था पनि मिलाउनु पर्नेमा जोड दिए । ध्यान केन्द्रमा वडा अध्यक्ष सोमनाथ अर्याल, ४ वडा अध्यक्ष हेमन्तराज शाक्य, लुम्बिनी मेडिकल कलेजका अध्यक्ष गोपालबहादुर पोखरेल, मखनटोल टोल विकास संस्थाका पूूर्व अध्यक्षहरु, सल्लाहकार तथा संस्थाका कार्यसमिति सदस्यहरुले विभिन्न किसिमका  विरुवाहरु रोपेका थिए । कपुर, धुपी, असारे फूल,  कटहर, तेजपात लगायतका  १ सय ३० वटा  विरुवाहरु रोपिएको  टोलविकास संस्थाकी पूूर्व अध्यक्ष ज्योती राजभण्डारीले बताईन् । विरुवा रोपण कार्यक्रममा संस्थाकी अध्यक्ष ज्ञानु कार्कीको अध्यक्षता र सचिव नमिता थैवको सञ्चालनमा भएको थियो । वृक्षारोपणको अवसरमा अतिथि सहभागीहरुलाई विपसना केन्द्रमा ध्यान समेत गराईएको थियो ।

प्रकाशित मिति: शनिबार, असार २९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update