Shittalpati
अँधुरो सपना

 ✍️ बिमला पान्डे 

खालि खालि लाग्छ जिवन,
के बर्तमान बाँकी छ,
भबिष्य भेटिएला त ?
लड्दै छु संघर्षलाई कोट्याउदै,
हिड्दै छु भाग्यलाई खोट लाउँदै,
विकल्पभन्दा सङ्कल्पको ताँती,
थोरैथोरै गर्दै सोचाई घेरै माथि ।

के सोचाई बाँकी छ,
सपना भेटिएला त ?
आफैंले आफैंलाई म प्रस्न गर्छु,
उचाईमा निक्लन्छ फेरी तल झर्छु,
रित्तो गोजिमा सयौं सपना बाल्यकालमा हुन्थे,
लाग्थ्यो भर्याङ राखेर आकाश छुन्थे ॥

के आधार बाँकी छ,
अस्तित्व भेटिएला त ?
बाँचेरभन्दा पनि हाँसेर यात्रा गर्नुपर्छ,
आशसँग पिडा धितो राख्दै सर्नुपर्छ
वितेको समय वित्यो आउने दिन पक्कै राम्रो हुनेछ,
निम्तो आउँदासम्म मरणको थोरै कोशिशले उज्यालो छुने छ ।
 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update