Shittalpati
सफल :  सत्कर्म  !

 पुरन बहादुर शाक्य 
 तानसेन–३, पाल्पा
 

सफल जीवन गतिशिल, गतिहिन शुन्यता । 
पुष्पित पल्लवित जीवन, श्रेष्ठ गतिशिलता ।।
चित्त शुद्ध मन प्रफुल्ता, जीवन सुन्दरता ।
असल धर्म श्रवण गर्नु, सर्वोत्म उत्तम कुरा ।।

धर्म–धारण गर्नु अर्थात, चित्त निर्मल पार्नु ।
निर्मल चित्त आचरण, सहि जीवन धारण ।।
कर्म के हो ? चित्तको चेतना नै यहाँ कर्म हो ।
चित्त चेतना उत्पन्न,‘धम्म’ नै कर्म विज हो ।।

मनले गर्नु सत्कर्म यहाँ, बुद्ध वाणी सत्य वचन ।
चित्त बुद्ध, बोली बुद्ध, आँखा सम्यक दृष्टि दर्शन ।।
सहि संस्कार, उत्तम धर्म, मानव दुर्लभ जीवन ।
यही सम्झी गरौं यहाँ, सहि सफल सत्कर्म ।।
 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update