Shittalpati
ओली चौंथौ पटक प्रधानमन्त्रीमा नियुक्त

 पाल्पा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौंथौ पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले दिएको समयसीमा आइतबार अपरान्ह ५ बजे सकिएपछि राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीको शपथ सोमबार ११ बजे हुने तय गरिएको छ । संसद्को ठूलो दल नेपाली काँग्रेसको समर्थनमा ओली चौथों पटक प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम असार २८ मा प्रतिनिधि सभाबाट विश्वासको मतको लागि राखेको प्रस्ताव प्रतिनिधि सभाबाट बहुमतले अस्वीकृत भएपछि राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीका लागि प्रस्ताव आह्वान गरेका थिए । राष्ट्रपतिको आह्वानपछि एमालेका अध्यक्ष ओलीले काँग्रेसको समर्थनमा सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि शुक्रबार दाबी पेस गरेका थिए । तोकिएको समयसीमा सकिएपछि राष्ट्रपति पौड्यालले ओलीलाई आइतबार साझाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

२०७४ को निर्वाचनपछि करिब दुई तिहाइको समर्थनमा प्रधानमन्त्री भएका ओली सर्वोच्चको परमादेशबाट हटाइएका थिए । सर्वोच्चको संवैधानिक इजलासबाट यो परमादेश जारी भएको थियो । त्यो बेला परमादेशबाट ओली हटेर कांग्रेस सभापति शेरबहादुर देउवा परमादेशबाट प्रधानमन्त्री बनेका थिए । त्यो असार २८ मा देउवासहित माओवादी केन्द्र, एमालेकै तत्कालीन विद्रोही नेता माधवकुमार नेपालसहित मिलेर ओलीले सरकार बर्हिगमन गराएका थिए । अहिले आएर देउवाकै समर्थनमा ओली प्रधानमन्त्री बनेका हुुन् । बहिर्गमन भएकै दिन असार २८ मा ओलीको पुनरागमन भएको हो । उनी दुई ठूला दलको समर्थनमा शक्तिशाली प्रधानमन्त्री बनेका छन् । 

यसअघि नेता ओली पहिलो पटक २०७२ असोज २४ गते देशको प्रधानमन्त्री भएका थिए । त्यसैगरी, दोस्रो पटक २०७४ फागुन ३ गते र तेस्रो पटक २०७८ वैशाख ३१ गते प्रधानमन्त्री भएका थिए ।

 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update