Shittalpati
आज विश्व युवा दक्षता दिवस मनाइँदैं

पाल्पा, प्रत्येक वर्षजस्तै जुलाई १५ तारिखका दिन अर्थात् आज विश्व युवा दक्षता दिवस विभित्र कार्यक्रम आयोजना गरी नेपालसहित विश्वभर मनाइन्दै छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले निर्णय गरेपछि संसारभरका युवाको समाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि पक्षलाई सुदृढ गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।

दिवसले युवाहरूलाई उचित प्रशिक्षण प्रदान गर्ने र मर्यादित काम, रोजगारी र उद्यमशीलताको लागि सीपहरू सिर्जना गर्ने कुरामा जोड दिन्छ । तर हरेक वर्ष यो दिवस मनाउने गरिए पनि उद्देश्य अनुरुपको उपलब्धी भने हुन सकेको छैन । अहिले पनि कयौं युवाहरु आर्थिक अभावका कारण विदेशीनुपर्ने अवस्था छ । उनीहरुलाई स्वदेशमै रोकी आयआर्जनमा लगाउन सकिएको छैन । कर्मशील युवाको बढ्दो विदेश जाने संख्यासँगै गाउँबस्तीसमेत युवाविहीन बन्दै गएको छ भने कृषिका लागि उर्वर भूमि मानिएका जमिन समेत बाँझो बन्दै गएका छन् ।

देशको प्रमुख आर्य स्रोत नै कृषि भएकाले कृषि कर्म गर्ने ऊर्जाशील युवावर्गको कमीले गर्दा बूढाबूढीले सास्ती खेप्नुपरेको अवस्था छ । यी कुरामा दिवसले हेक्का राख्न सकेको छैन । बेरोजगार मात्र होइन, उनीहरूले रोजगार पाइहालेमा पनि निम्न गुणस्तरको काम पाउने र काममा असुरक्षा र असमानता हुने गरेको पाइएको छ । अझ युवतीहरू बेरोजगार रहने सम्भावना झनै बढी छ । सरकारले वैदेशिक रोजगारलाई समेत व्यवस्थित गर्न सकेको छैन । देशमा शान्ति सुरक्षा व्यवस्थापन कार्यमा सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता एकातिर छ भने अर्कोतिर एक दशकभन्दा बढी समयदेखि द्वन्द्वग्रस्त बनेको हाम्रा मुलुकले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक तथा विकासका हिसाबले पनि काँचुली फेर्न सक्ने अवस्था युवावर्ग आफैंले सिर्जन गर्नुपर्छ ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update