Shittalpati
नवजनचेतना राष्ट्रिय दैनिकको सम्पादकमा रायमाझी

पाल्पा, कैलाशनगर मिडिया प्रालिद्वारा प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिक पत्रिकाको सम्पादकमा रामचन्द्र रायमाझी नियुक्त भएका छन् । प्रालिको सोमबार बसेको सञ्चालक समितिको बैंठकले रायमाझीलाई  दैनिकको सम्पादकमा बढुवासहित नियुक्त गरेको हो ।

विगत ७ वर्षदेखि दैनिकको उपसम्पादकको रुपमा कार्य गर्दै आएका रायमाझीको कार्यसम्पादको मूल्यांकन गर्दै समितिले सम्पादकमा नियुक्त गरेको जनाएको छ । गुल्मीको इस्मा गाउँपालिका –२ मा जन्मिएका उनी विगत डेढ दशकदेखि पाल्पामा रहेर पत्रकारिता गर्दै आएका छन् ।

अर्थशास्त्रबाट स्नाकोत्तर अध्ययन गरेका रायमाझीको जिम्मेवारी बढेसँगै पत्रिकाको स्तरोन्नती बढ्ने प्रालिका अध्यक्ष जगदीश भट्टराईले विश्वास व्यक्त गरे । छोटो समयमै पत्रकारिता क्षेत्रमा फड्को मारेका रायमाझीले विशेष गरी आर्थिक, राजनीतिक, सामाजिक क्षेत्रमा सक्रिय रुपमा कलम चलाउँदै आएका छन् । सम्पादकमा नियुक्त भएसँगै उनले प्रालिलाई थप चुस्त र प्रभावकारी बनाएर लैजाने प्रतिवद्धता जनाएका छन् । 
 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update