Shittalpati
पेट्रोल डिजेल र मट्टितेलको मूल्य बढ्यो

पाल्पा, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै  निगम सञ्चालन समितिको सोमबारको बैठकले नेपाली बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।

जसअनुसार अब पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्यवृद्धि भएको छ । नयाँ मूल्य मंगलबारदेखि लागू भएको निमगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ । निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा तोकेको छ । यसअघि पेट्रोलको १ सय ६४ रुपैयाँ ५० पैसा रहेको थियो ।  दोस्रो वर्गका लागि एक सय ७० पर्ने छ । यहाँ पनि यस अघि १ सय ६६ रहेको थियो । यस्तै तेस्रो वर्गका लागि एक सय १७१ तोकेको छ । यस अघि यहाँ १ सय ६७ थियो ।

निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा पर्ने छ । यस अघि १ सय ५४ रुपैयाँ ५० पैसा रहेको थियो । दोस्रो वर्गका लागि एक सय ५९ पर्ने छ  । यहाँ यस अघि १ सय ५६ थियो । यस्तै तेस्रो वर्गका लागि एक सय ६० कायम भएको छ । यस अघि १ सय ५७ रुपैयाँ रहेको थियो । पहिलो वर्ग अन्तर्गत चारआली, विराटगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपाय रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update