Shittalpati
तोलामा तीन सयले घट्यो सुनको मूल्य

काठमाडौँ, स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा तीन सयले घटेको छ । बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज भने एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ । बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो । 

त्यस्तै, बुधबार प्रतितोला एक लाख ४९ हजार एक सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४८ हजार आठ सय निर्धारण भएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ । बुधबार प्रतितोला  एक हजार आठ सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ६० निर्धारण भएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update