Shittalpati
गुल्मीमा राहदानीबाट ६ करोड भन्दा बढी राजस्व संकलन

गुल्मी, जिल्ला प्रशासन कार्यालय गुल्मीले आर्थिक वर्ष २०८०/८१ मा राहदानीबाट मात्र ६ करोडभन्दा बढीको राजस्व संकलन गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सबैभन्दा बढी राजस्व राहदानीबाट संकल भएको जानकारी दिए ।

१२ हजार चार सय ५० राहदानी वितरण गर्दा  आर्थिक वर्ष २०८०/८१ मा ६ करोड ३३ लाख रुपैयाँ संकल भएको हो । गत आवमा राहदानीबाट सात करोड भन्दा बढी रकम संकलन भएको थियो । कार्यालयबाट आव २०८०/८१ मा पाँच हजार सात सय ३६ नागरिकताको प्रतिलिपि, ४८ गैरआवासीय नागरिकता र १२ हजार दुई सय ७३ राहदानी सिफारिस गरिएको छ । यसैगरी सात सय ६६ नाबालक परिचयपत्र, १६ हजार आठ सय ४४ राष्ट्रिय परिचयपत्र विवरण दर्ता र एक हजार नौ सय राष्ट्रिय परिचयपत्र वितरण गरिएको प्रजिअशर्माले बताए । जिल्ला प्रशासनमा सोही आवमा २८ मुद्दा दर्ता भएकोमा २३ फछ्र्याैट भएका छन् । त्यसैगरी ७८ ठाडो उजुरी, एक हजार एक सय ४४ नाता प्रमाणित, २६ संस्था, एक सय ७९ संस्था नवीकरण, ७४ हातहतियार नवीकरण, चार सय ५३ दलित, चार सय ९२ जनजाति र ६६ आय विवरण प्रमाणित गरिएको छ ।

प्रशासनले नागरिक मैत्री सेवा प्रवाहका लागि कार्यालयमा राहदानी र नागरिकताको लागि विद्युतीय टोकन, जेष्ठ नागरिक विश्रामस्थल, बजार अनुगमन, विकास निर्माणमा सहजीकरण, विपद्मा तत्काल राहत वितरण, जेष्ठ नागरिक एवं अपा·ता भएका सेवाग्राहीलाई पहिलो प्राथमिकता दिएको जनाएको छ । त्यसैगरी जिल्लाका १२ वटै स्थानीय तहमा गएर नागरिकलाई सेवा प्रवाहसम्बन्धी अभिमुखीकरण, लागू औषध नियन्त्रण, कारागार सुधार लगायतका काम गर्दै आएको प्रजिअ शर्माले बताए । नागरिकलाई सेवा प्रवाह गर्ने काममा जिल्ला प्रशासन कार्यालयले खेलेको भूमिका सराहनीय रहेको जनाउँदै राजनीतिक दलका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारीलाई धन्यवाद व्यक्त गरे । उनीहरुले आगमी दिनमा पनि सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा सुझाव दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update