Shittalpati
तोलामा दुई हजारले घट्यो सुनको मूल्य

काठमाडौँ,स्थानीय बजारमा सुनको मूल्य तोलामा  दुई हजारले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकानुसार बिहीबार प्रतितोला एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको छापावाला सुनको आज भने एक लाख ४७ हजार पाँच सय निर्धारण भएको छ ।

बिहीबार प्रतितोला रु एक लाख ४८ हजार आठ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि भने एक लाख ४६ हजार आठ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा  ३० ले घटेको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय ३० निर्धारण गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update