Shittalpati
तानसेनमा जेसिज सप्ताह

पाल्पा, जिल्लाको सदरमुकाम तानसेनमा जेसिज सप्ताह २०२४ सुुरु भएको छ । पाल्पा जेसिजको आयोजनामा साउन १० गतेसम्म सञ्चालन हुने जेसिज सप्ताह शुक्रबारदेखि सुरु भएको हो ।

सप्ताहको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले शुभारम्भ गरेका हुन् । कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख श्रेष्ठले युवाहरुको नेतृत्व र व्यक्ति विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको जेसिजले सप्ताह आयोजना गरेकोमा खुसी व्यक्त गरे । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका नगर प्रमुख श्रेष्ठले युवाहरुको नेतृत्व, व्यक्तित्व विकास र अनुशासित बनाउन तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले आफु पनि वर्ष १९९० को मा जेसिज पाल्पाको अध्यक्ष भएको र त्यहाँबाट व्यक्तित्व विकाससँगै जीवन जिउने कला राम्रोसँग सिक्ने अवसर प्राप्त गरेको बताए । नगर प्रमुख श्रेष्ठले पाल्पा जेसिजले सकरात्मक सोंचको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले सकरात्मक सोंचले मात्र लक्ष्य पुरा हुने भन्दै धैर्य र एकाग्रह भएर सकारात्मक सोंचका साथ काम गर्न युवाहरुलाई आग्रह गरे। कार्यक्रमका विशिष्ट अतिथि पाल्पा जेसिजका सस्थापक अध्यक्ष जेसी छत्रराज शाक्यले जेसिजले स्थापना कालदेखि १८ देखि ४० बर्ष समुहका युवाहरूको क्षमता अभिवृद्धि गरी असल नेतृत्व कर्ता उत्पादन गर्न सफल भएको बताए ।

नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखा अध्यक्ष बाबुाम कार्कीले तीनै तहका सकामा युवाहरूले बाघडोर सम्हालु पर्ने बताए । उनले रेडक्रस पाल्पाले ब्लड बैंक स्थापनाका लागि सञ्चालन गेको अभियानमा साथ दिन सबैलाई आग्रह समेत गरे । कार्यक्रममा पाल्पा जेसिजका पूर्व अध्यक्ष बुद्वि प्रसाद शर्मा,  तानसेन ४ का वडा अध्यक्ष हेमन्तराज शाक्य, १ का वडा अध्यक्ष तथा जेसिजका निवर्तमान अध्यक्ष सुनिल कुमार बस्याल,  ६ का वडा अध्यक्ष सागमान महर्जन, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष तथा पाल्पा जेसिजका पूर्व अध्यक्ष शैलेन्द्र भट्टाई, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य मिलन विक लगाएतले सप्ताह सफलताको शुभकामना व्यक्त गरे । सप्ताहमा तानसेनका १ वडा देखि ७ वडा भित्रका महिलाहरुलाई नेतृत्व  क्षमता अभिवृद्धिका तालिम सञ्चालन हुने जेसिजका अध्यक्ष जेसी अर्जुन कार्कीले बताए । कार्कीको अध्यक्षता, कार्यकाी उपाध्यक्ष गणशे बस्यालको जेसिज प्रार्थाना महासचिव जेसी बिजय कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रशिक्षक कला दाहाल  एञ्जिना खनालले प्रशिक्षण दिइहेका छन्  ।
 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update