Shittalpati
विश्वासको मत लिँदै प्रधानमन्त्री ओली

पाल्पा, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा (आज) आइतबार विश्वासको मत लिंदै छन् । प्रधानमन्त्रीमा नियुक्त भएको एक हप्तामै उनले संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत लिन लागेका हुन् ।

आफ्नै दलको समर्थनमा रहेको पुष्पकमल दाहाल नेतृत्वको सरकार विस्थापित गरी ओली एक हप्ता अघि असार ३० गते संविधानको धारा ७६(२) बमोजिम चौथो पटक प्रधानमन्त्रीमा भएका थिए । ३० दिनसम्ममा विश्वासको मत लिन पाउने व्यवस्था भए पनि प्रधानमन्त्रीले आइतबारकै संसद् बैठकमा विश्वासको मत लिने प्रस्ताव राख्ने कार्यक्रम रहेको एमाले स्रोतले जनाएको छ । नेकपा एमालेले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्वीप  समेत जारी गरेको छ । प्रधानमन्त्रीको शपथ लिएकै दिन ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिइसकेका छन् । मन्त्रिपरिषद्मा काँग्रेस र एमालेका अतिरिक्त जसपा र लोसपा पनि सहभागी छन् । सरकारमा सहभागी नभए पनि जनमत, जसपा नेपाल र नागरिक उन्मुक्तिले पनि सरकारलाई विश्वासको मत दिने यस अघि निर्णय गरिसकेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update